arrow

नबिल बैङ्कद्वारा धादिङको गजुरीमा दिगो बैङ्किङ तथा वित्तीय साक्षरता कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
nabil-bank-gajuri-rural-municipal.jpg

काठमाडौँ। नबिल बैङ्कले धादिङका गजुरीमा दिगो बैङ्किङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छ। उक्त कार्यक्रममा नबिल बैङ्कले गजुरी गाउँपालिकासँग दिगो बैङ्किङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ।

बैकका सञ्चालक आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउँपालिकामा आयोजित एक कार्यक्रमबीच नबिल बैङ्कका तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाका तर्फबाट अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। उक्त साझेदारी मार्फत स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई उद्यमका लागि गाउँपालिकाको सिफारिसमा बैङ्कको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको बैङ्कले जनाएको छ।

उक्त कार्यक्रममा बोल्दै बैङ्क सञ्चालक अधिकारीले यस सम्झौताले गजुरी गाउँपालिकामा रोजगारी सृजना र उद्यमशीलता विकास गरी सामाजिक रूपान्तरणमा सहयोग गर्ने बताइन्। त्यस्तै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले नबिल बैङ्कको दिगो बैङ्किङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने धारणा व्यक्त गरे। गाउँपालिका उपाध्यक्ष सिता ढुङ्गानाले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम ल्याएकोमा नबिल बैङ्कलाई धन्यवाद दिँदै वित्तीय पहुँचलाई महिला तथा विपन्न वर्ग लक्षित बनाउनु पर्ने र त्यसका लागि गाउँपालिकाको सधैँ सहयोग रहने समेत बताइन्। उक्त कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरू साथै अन्य गाउँपालिकाबासीहरूको समेत उपस्थिति रहेको थियो।

नबिल बैङ्कले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैङ्किङको सुरुवात गरेको हो। सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैङ्कले दिगो बैङ्किङ कार्यक्रम सार्वजनिक गरेको हो। कार्यक्रम अन्तर्गत बैङ्कले नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा सुरु गरेको छ।

बैङ्कले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ