arrow

परमार्थका लागि बाधक क्रोध र घमण्ड

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
guru_purnima.jpg

गौरीघाट । एक जिज्ञासु युवक गुरुको खोजीमा थिए । उनले कुनै महात्माको बारेमा सुनेका थिए, जसले सबैको मनोभावना अनुसार आध्यात्मिक मार्गमा डोर्‍याउन सक्थे । उनी ती महात्माको कुटीमा गए, चरणमा परे र आफ्नो जिज्ञासा राखे । महात्माले पनि उनलाई, “बाबु, तिमी एक पटक नजिकैको नदीमा नुहाएर आऊ भनेर अर्‍हाए । जिज्ञासु नुहाउन गए । 

उनी गएपछि महात्माले आश्रमको जमिन वरपर कूचो लगाउने एक स्त्रीलाई युवक नुहाएर आउँदा धूलो उड्ने गरेर बढार्नु, तर उसले तिमिलाई पिट्न सक्छ, बच्नु भने । उनी अनुभवी अनुयायी थिइन् र त्यसै गरिन् । धुलो उडेको देखेर जिज्ञासु रिसाए र पिट्न झम्टे । त्यो देखेर महात्माले उनलाई तिमी एक वर्ष पछि आऊ भनेर अर्‍हाए । 

जिज्ञासु एक वर्षपछि आए । महात्माले फेरि पनि नुहाउन पठाए र बढार्ने स्त्रीलाई धूलो उसको शरीरमा पर्ने गरेर बढार्नु, तर उसको झम्टाइबाट बच्नु भने । जिज्ञासु नुहाएर आउँदा उनले त्यसै गरिन्, तर जिज्ञासु पहिलेको भन्दा कम रिसाए । महात्माले फेरि पनि एक वर्ष पछि आउनु भने । 

एकवर्ष पछि जिज्ञासु आए । महात्माले पुनः नुहाएर आऊ भने र बढार्ने स्त्रीलाई यस पटक नुहाएर आउँदा बढारेको पात पतिगंरको टोकरी उसको टाउकोबाटै खनाइ दिनु भनेर अर्‍हाए । जिज्ञासु नुहाएर आएपछि उनले त्यसै गरिन् तर जिज्ञासु उनको पाउमा परेर भने, “आमा, तिमीबाट मैले आफ्नो जीवन सुधार्ने मौका पाएँ” भनेर पाउमा परे । 

महात्माले यो चर्तिकला देखिरहनु भएको थियो । जिज्ञासु महात्माको चरणमा परे र महात्माले उनलाई आफ्नो शिष्यको रूपमा स्विकार्नु भयो । (सङ्कलित) ।

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com 



नयाँ