arrow

अहङ्कार

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
sufi-sant.jpg

एक पटक सुफी सन्त बहाउद्दीनसँग भेट गर्न एक जना व्यापारी आएका थिए । सन्त त्यस समयमा आफ्ना अनुयायीहरू सँग सत्सङ्ग गरिरहेका थिए । उनी आए र सन्तलाई आफ्नो चेला बनाउन आग्रह गरे । उनीले त्यतिखेर आफूलाई मात्र सब कुराको ज्ञानले भरिएको व्यक्ति सम्झिरहेको थिए । सन्तले उनको मनको भाव बुझिहाले ।

सन्तले उसलाई चेला बन्नू परेको कारण सोधे । उसले आफ्नो कुरा सन्त सँग राखे ।
उसले बनावटी भाषामा आफ्नो पुर्खाहरूको अर्ती, आफुले पाएको ज्ञानको भण्डार बहाउद्दीनमा पाएको कुरा गरे । उसले उनीसँग बस्दा सत्यको सुगन्ध आइरहने कुरा पनि बताए ।

सन्तले उसको बनावटी कुरा भन्ने चाल पाइहालेकोले उसलाई  '६ महिना पछि आउनू, अनि त्यही बेलामा कुरा गरौला'  भनेर फिर्ता पठाए । ६ महिनापछि त्यो व्यक्ति बहाउद्दीनसँग भेट गर्न आए । बहाउद्दीनले उसलाई  'तिमी ६ महिना अघि आएका थियौ, मलाई भेट गरेर गएपछि तिमी आफ्नो काममा लागी नै रह्यौ । पसलमा पनि गयौ । सन्तहरू बारे पनि पढ्यौ । म पनि तिमीसँग किन्न कति पटक आएँ, सामान किनेँ, लिएर गएँ तर तिमीले केही पनि थाहा पाएनौ । त्यस बेलामा तिमीले मलाई भनेको जस्तो सत्यको सुगन्ध पनि थाहा पाएनौ । ' 

उनको कुरा सूनेर व्यापारी शान्त भए। उनले भन्दै गए 'तिमीले कसैले भनेर बहाउद्दीनलाई भेट गर्न आएका हौ । त्यसमा तिमीले सुगन्ध पायौ तर तिमीले व्यापारी भेट गर्‍यौ त्यसमा तिमीले सुगन्ध पाएनौ । अध्यात्ममा लाग्ने हो भने यस्तो कुराले काम लाग्दैन, मेरो चेला बन्ने हो भने तिमी मेरो भान्छेको अन्तरगत बसेर शिक्षा लिन थाल, काम गर ।' 

बहाउद्दीनको कुरा उसको मनमा गढ्यो । उसले कुनै पनि विद्या हासिल नगरेको, अध्यात्मको कुरा कुनै थाहा नभएको तर आफ्नो काममा दत्तचित्त भएर लाग्ने भान्छेको अन्तरगत बसेर काम गर्‍यो । भान्छे सँगको सङ्गतले उसको अभिमान चकनाचुर भयो, बहाउद्दीनले उसलाई चेला बनाए र पछि ऊ महान् सन्त बन्न गयो । (सङ्कलित)
(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com   



नयाँ