arrow

कालीगण्डकी ‘ए’ परियोजनाको ड्याम पहिरोको जोखिममा

मिर्मि गाँउ त्रासमा, रोक्ने प्रयासमा परियोजना

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ साउन १३ बिहिबार
syabjadyam.JPG.jpeg
स्याङ्जा । नेपालको सबै भन्दा ठुलो विद्युत उत्पादन कालीगण्डकी ‘ए’ परियोजनाको ड्याम पहिरोको जोखिममा रहेको छ । विद्युत गृहको ड्याममा पुग्ने सडक पहिरोले भत्काएपछि आवातजावतमा समेत समस्या हुदै आएको छ । विगत दुई बर्षदेखि पहिरोको जोखिम मोल्दै आएको विद्युत गृहको ड्याम साइडको मर्मतका लागि खासै चासो नदिदा समस्या झन बल्झन सक्ने स्थानीयहरुको भनाई छ ।
 
 ड्याम नजिकै गएको पहिरो सगै ड्यामको माथिल्लो भागमा समेत पहिरोले छिया छिया पारेको छ । पहिरोलाई रोक्न परियोजनाले ठाँउ ठाँउमा वालुवाका वोरा र छिया छिया परेको ठाँउमा माटोले पुर्ने काम मात्रै गर्दा ड्याम भन्दा माथि रहेको श्रीकृष्णगण्डकी गाविस स्थित मिर्मि गाँउका वासिन्दा समेत कतिवेला ठुलो पहिरो जाने हो भन्ने त्रासमा रहेका छन् । 
 
कालीगण्डकी र आधिखोलाको वहाव अझै बढेमा ठुलो पहिरो जान सक्ने स्थानीयहरु बताउछन् । पटक पटक खवरदारी गर्दा पनि परियोजनाले नसुन्ने गरेको गुनासो स्थानीयहरुको छ । बर्षायम सगै नदीमा आउने पानीको बहावले जमिन कटान गर्दै आएको छ स्थानीय चक्रपाणी न्यौपाने बताउछन् । नदीले कटान शुरु गरे सगै परियोजनाको ड्याम सहित गाँउ पनि जोखिममा रहेको न्यौपानेको भनाई छ । 
 
परियोजनाले मर्मत गरेको बहाना मात्रै गरेको स्थानीयहरुले आरोप लगाएका छन् । नेपालकै ठुलो विद्युत उत्पादन गर्ने विद्युत गृहको बेला बेलामा मर्मत सम्भार सगै पहिरोको वचाउ गर्नुपर्नेमा टालटुले काम गर्दै आएको छ । हरेक बर्ष परियोजनाले कालीगण्डकी फलोसिङ् गर्दै आएको छ स्थानीय गोविन्द न्यौपानेले भने सपोटिङ वाल नभएकाले नदीले कटान शुरु गरिसकेको छ पछि नदीले बहाव नै परिवर्तन गर्न सक्ने संकेत देखिन्छ । नदीले बहाव परिवर्तन गर्‍यो भने ड्याम त खतरानै हुन्छ त्यो भन्दा माथिको सिङ्गो मिर्मि गाँउ समेत पहिरोमा पर्न सक्ने देखिन्छ ।  
 
त्यसो त कालीगण्डकी परियोजनाको ड्याम साईड हेर्ने उपप्रवन्धक राजबहादुर विष्ट समेत विस्तारै पहिरो जान थालेको स्विकार्छन् । ड्यामसाईड खतरामा भने नरहेको विष्टले जानकारी दिएका छन् । बर्षादको समयमा कालीगण्डकी बढेर आउदा ९० डिग्रिको रेञ्जमा बहाव आउदा जमिन कटान गरेका कारण पहिरो जान थालेको विष्टको भनाई छ । अहिले पहिरो गएको ठाँउमा रातो माटो, पलाष्ट्रिक लगायतका सामाग्रीले रोकथाम गर्ने गरेको विष्टको भनाई छ ।
 
 परियोजनाकै कर्मचारीको यस्तो भनाईले कालिगण्डकी परियोजना पहिरोको खतरामा परेको बुझिन्छ । यो बर्षदेखि नदीले कटान गरेको क्षेत्रलाई परिक्षण गर्दै आएको परियोजनाको भनाई छ । हिउद लागेपछि यसको रोकथामको लागि पहल हुने विश्वास विष्टले गरेका छन् । बेलैमा पहिरोबाट जोगाउन पहल थाल्नु पर्ने देखिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ