arrow

त्यो मार्गमा तिमी एक्लै कसरी हिँड्न सक्छौ ?

नारद गीता - २

logo
नारद गीता 
प्रकाशित २०७८ पुष १९ सोमबार
narada-muni.jpg

जीव सधैँ कर्मको अधीनमा रहन्छ । उ शुभ कर्मको अनुष्ठानबाट देवता बन्दछ । दुवैको सम्मिश्रणबाट मनुष्य जन्म पाउँदछ । केवल अशुभ कर्मबाट पशुपक्षी आदी नीच योनीमा जन्म लिन्छ । ती योनीहरूमा जीवलाई सधैँ जन्म मृत्यु आदि नाना प्रकारका दुखबाट सन्तप्त हुनुपर्छ । यस प्रकार संसारमा जन्म लिने वाला प्रत्येक प्राणी सन्तापको आगोमा पकाइन्छ । यस कुरातर्फ तिमी किन ध्यान दिँदैनौ ! 

तिमीले अहित बुद्धिमा नै हित बुद्धि मानेका छौ । जुन अध्रुव विनाशशील बस्तु छन् तीनैलाई ध्रुव अविनाशी नाम दिइएको छ  र अनर्थमै अर्थको बोध भइरहेको छ यो कुरा तिमीले किन बुझ्दैनौ । जसरी रेसमको किरा आफ्नै शरीरबाट उत्पन्न तन्तुहरू द्वारा आफैलाई सिद्धाउँछ । त्यसै प्रकार तिमी पनि मोहवश आफैबाट उत्पन्न सम्बन्धको बन्धनद्वारा आफैले आफैलाई बाँध्दै गइरहेका छौ तर पनि यो कुरा तिमिले बुझ्न सकेका छैनौ । 

यहाँ विभिन्न बस्तुहरू सङ्ग्रहको कुनै आवश्यकता छैन । किनकि सङ्ग्रहबाट महान् दोष प्रकट हुन्छ । रेसमको किरा आफ्नो सङ्ग्रह दोषको कारण नै बन्धनमा पर्छ ।

स्त्री, पुत्र र कुटुम्बमा आशक्त रहने प्राणी उसै प्रकार कष्ट पाउँछ जस्तै जङ्गलको बुढो हात्ती तलाउको दलदलमा फसेर दुख उठाउँछ । जस प्रकार महान् जालमा फसेर पानीबाट बाहिर आएको माछा तड्पिन्छ उसै प्रकार स्नेह जालबाट आकृष्ट भएर अत्यन्त कष्ट उठाउँदै यी प्राणीहरू तर्फ दृष्टि पात गर । 

संसारमा कुटुम्ब स्त्री पुत्र शरीर र सङ्ग्रह सबै अर्काको हुन् । सबै नाशवान् हुन् । यसमा आफ्नो के छ ? केवल पाप र पुण्य । 

जब सबै कुरा छोडेर विवश भएर तिमि यो स्थानबाट जानु छ तब यस अनर्थमय जगतमा किन आशक्त भइरहेका छौ ? आफ्नो वास्तविक अर्थ मोक्षको साधन किन गर्दैनौ ? 

जहाँ बस्नको लागि कुनै स्थान छैन । कोही सहारा दिने वाला छैन तथा आफ्नो देशको कोही साथी अथवा बाटो बताउने छैन । जो अन्धकारले व्याप्त र दुर्गम छ । त्यो मार्गमा तिमि एक्लै कसरी हिँड्न सक्छौ । 

जब तिमि परलोकको मार्ग लिनेछौ त्यस समय तिम्रो पछि कोही जानेछैन । केवल तिमिले गरेको पुण्य र पाप नै त्यहाँ जाँदाको समय तिम्रो अनुसरण गर्नेछ । 

परमात्माको प्राप्तिको लागि नै विद्या, कर्म पवित्रता र अत्यन्त विस्तृत ज्ञानको सहारा लिइन्छ । जब कार्यको सिद्धि परमात्माको प्राप्ति हुन्छ तब मनुष्य मुक्त हुन्छ । 

गाउँमा रहने मनुष्यहरूको विषय प्रति जुन आशक्ति हुन्छ । त्यो उसलाई बाँध्ने डोरी समान हो । पुण्यात्मा पुरुष त्यसलाई काटेर अगाडि परमात्माको पथमा बढ्छन् । तर जो पापी छन् उनीहरू त्यसलाई काट्न सक्दैनन् ।

यो संसार नदिको समान हो । जसको उपदान या उद्गम सत्य हो । रूप यसको किनारा, मन स्रोत, स्पर्श दीप र रस नै प्रवाह हो । गन्ध त्यस नदिको किचड, शब्द जल र स्वर्ग रुपी दुर्गम घाट हो । शरीर रुपी नौकाको साहयताले त्यसलाई पार गर्न सकिन्छ । क्षमा यसको खियाउने वाला गहना र धर्म यसलाई स्थिर गर्ने डोरी लङ्गर हो । यदि त्याग रुपी अनुकूल वायुको सहारा मिले शीघ्र नदिलाई पार गर्न सकिन्छ । यसलाई पार गर्न अवश्य प्रयत्न गर्नुपर्छ । 

धर्म र अधर्मलाई छोड । सत्य र असत्यलाई पनि त्याग देऊ र ती दुवैको त्याग गरेर जसद्वारा त्याग गर्छौ त्यसलाई पनि त्याग गर ।  

सङ्कल्पको त्यागद्वारा धर्मलाई र लिप्सा अभावद्वारा अधर्मलाई पनि त्याग गर । फेरी बुद्धिद्वारा सत्य र असत्यको त्याग गरेर परमतत्वको निश्चयद्वारा बुद्धिलाई पनि त्याग गर । 

यो शरीर पञ्चभूतको घर हो । यसमा हड्डीहरूको खम्बा लागेको छ । यो नशनाडिबाट बाँधिएको रक्त मासले लिपिएको र छालाबाट मडारिएको छ । यो बुढेसकाल र शोकबाट व्याप्त, रोगको घर दुख रूप रजोगुणले ढाकिएको र अनित्य छ । अत्यव तिमिले यसको अशक्तिलाई त्याग गर्नुपर्छ । 

यो पनि पढ्नुस्

नारद गीता भाग-१



नयाँ