arrow

बझाङमा यार्सा उत्पादन घट्दै

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ साउन १७ सोमबार
school-n-yarsa-sport.JPG.jpeg
बझाङ। हिमालमा पाईने बहुमुल्य बुटी यार्सा उत्पादनका लागी राम्रो  मानिएको बझाङ जिल्ला पछिल्ला वर्षमा यार्सा कम पाईन थाले पछि यस क्षेत्रको आम्दानी समेत गिरावट आएको छ । बझाङका हिमाली क्षेत्रमा पाईने यार्सा उत्पादन कम हुदै गएपछि संकलकहरुले पनि यार्सा कम पाउने थाले पछि रोजगारीका लागी भारत लगायतका देश हरुमा रोजगारीका लागी जान थालेका हुन् । 
 
गएको ८ वर्षबाट बझाङको  हिमाली क्षेत्रमा यार्सा संकलन गर्न थालिएको यार्साले यस जिल्लाको मूख्य आर्थिक करोबारको माध्याम बनेको भएपनि हिमालमा नै यार्सा कम पाईने तथा यार्साको मूल्यमा गिरावट आउन थाले पछि स्थानिय संकलकहरु निरास भएका छन् । स्थानिय कलक बोहराले भने, 'यस बर्ष त सबै भन्दा कम यार्सा संकलन भयो र दर पनि घट्यो ।'   हाल सम्मको संकलनको परिमाण हेर्दा २०७० सालमा सवै भन्दा बढी ३ क्युन्टल ७२ केजी संकलन भएको थियो । २०७० साल सम्म यार्सा संकलनको परिमाण बर्षेनी बढ्दै आएपनि पछिल्ला तिन वर्षयता भने लगातार यार्सा संकलन कम हुदै गएको छ ।
 
गत वर्ष ३ क्युन्टल ३८ किलो संकलन भएको यार्सा यसवर्ष २ क्युन्टल ३७ किलोमा झरेको छ । यार्सा वाट मात्र जिल्ला बन कार्यालयले ६० देखी ८० लाख सम्म राजश्व संकलन गदै आएको छ । पछिल्लो तिन वर्षयता लगातार यार्सा संकलन घट्दै गएको छ जिल्ला बन कार्यालयका यार्साको छुटपुर्जी दिने कर्मचारी जगाधर जोशीले भने  यसले राजश्व र स्थानियको आम्दानीमा समेत ह्रास आएको छ ।
 
आईतवार सम्म यो पाली २ सय ३७ किलोको व्यपारीहरुले छुटपुर्जी लिएको छ जोशीले भने अब सकियो जस्तो  छ । यार्साको कारोवारो गर्ने  जिल्ला भन्दा  बाहिरका व्यपारी बढी आउने गरेका र बाहिरकै ब्यापारीले संकलन पुर्जी लिने गरेको उनले बताए ।
 
यार्सा उत्पादनको बृद्धि संगै मुल्यमा पनि प्रतिकेजी २२ लाख सम्म पुगेको यार्साको मुल्य गत विगत वर्ष झरेर १०-१२ लाख र यो वर्ष १४ लाखमा खरिद भई रहेको छ । काठमाण्डौका व्यपारी आएर खरिद गर्ने यार्सा उनिहरुले विदेशीहरु संग कतिमा बिक्री गरेर कती फाईदा खान्छन्  यो कुरा भने यहाँका संकलकहरु अनविज्ञ छन् । 
 
बर्षेनी यार्सावाट मात्रै  बझाड जिल्लामा राजश्व बाहेक ५० करोड जती आम्दानी हुने गर्दछ । यो रकम सवै यहाँका संकलकहरु कमाउन्छन् । जिल्लाका उत्तरी भेगका वासिन्दाहरुको मुख्य आम्दानीको स्रोत मानिएको यार्सागुम्वा उत्पादनमा कमी आएपनि यसको संरक्षणको लागी राज्य र स्थानिय तहवाट कुनै पहल नभएको सुर्मा गाविसका दान बहादुर पुजाराले वताए ।
 
 उनले भने, 'दामासही रुपमा संकलन हुन्छ कसरी कहिले संकलन गर्ने संकलनका आफ्नै अनुभव हुदाँ पनि समस्या आएको छ ।' यार्सा उत्पादन हुने स्थानमा हजारौ मानीसहरुको आवतजावत , प्लाष्टिक , सिकाका बोत्तल जुत्ता चप्पल काम नलाग्ने कपडाहरु जथाभावी फाल्नेगर्दा  साथै  हिमपात पनि कमहुने भएकाले यार्सा उत्पादनमा ह्रास आएको सुर्माका स्थानिय बासी बहादुर बोहोराले वताए  ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ