arrow

एकदिनमा विमानस्थल भन्सार कार्यालयमा जे देखियो

logo
सुदर्शन अर्याल / गोविन्द अधिकारी,
प्रकाशित २०७३ साउन २० बिहिबार
TIA-custom-1.jpg.jpeg
काठमाडौं। ‘देशभर रहेका भन्सार कार्यालयहरू, कुनैपनि सरकारी कर्मचारीलाई आफ्नो मान्छे पहुँचमा पुगेको समयमा मन राख्नको लागि सरूवा गर्ने ठाउँ हो।
 
’यो सोचाई अधिकांशको रहदै आएको छ  यस्ता सोचाईहरू तछाड मछाड गर्दै कर्मचारीहरुले भन्सारमा सरुवा गर्न लबिङ गरेका कारण बनेको हो। प्रबिधिको बिकास तथा कर्मचारीहरुलाई उच्च निगारानी र खटेर काम गर्नु पर्ने कारण कतिपय भन्सार कार्यालयहरु कर्मचारीको प्रमुख रोजाईमा पर्न छोडेका छन्। भन्सार, मालपोत र अन्य कर कार्यालयहरू भ्रष्टाचार गरिने प्रमुख अड्डा हुन् भन्ने जनताको सोचाईलाई दिनभर गुपचुप रुपमा अन्तराष्ट्रिय बिमानस्थल भन्सारको निगरानी गर्दा पनि प्रमाणित गर्न सकिएन्।
 
‘हामीले भन्सारलाई स्वच्छन्द र पारदर्शी तथा आधुनिक बनाउन अनेक बाटो अपनाउँदा पनि भन्सारका कर्मचारी माथि बिना प्रमाण किन धेरै आरोप लगाइदै आइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख योगेन्द्र गौचनले तितो यथार्त बताए। अनेक प्रविधिको आत्मसाथ गरेर भ्रष्टाचारी प्रवृत्तिलाई आमूल परिवर्तन गरिसक्दा पनि भन्सार विभागको कर्मचारी प्रशासनलाई आरोप लगाउनु कमजोर मानसिकताको उपज रहेको भन्दै भन्सार विभागले कुनै पनि सेवाग्राहीलाई दुःख दिएको देखाउन सबैलाई चुनौति पनि दिए । उनले यसो भनिरहे पनि भन्सार कार्यालय परिसरमा सेवाग्राहीलाई सहज छिर्न सक्ने वातावरण भने देखिएन। सायद सुरक्षा चुनौतिलाई ख्याल गरेर त्यति टाइट गरिएको होला।
 
यसरी चुनौतीपूर्ण शब्दको व्यवहारिक पक्ष केलाउनको लागि हाम्रो टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत अध्ययनको लागि गत सोमबार त्यहाँ पुग्यौं । दैनिक सयौं व्यक्तिहरूको उडानको लागि हजारौं शुभेक्षुकहरूको आवागमन रहने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल त्यो दिन पनि हाट वजार जतिकै चहलपहल जस्तै भीडभाड थियो। 
 
विमानस्थलको सुरक्षाका लागि हातमा बन्दूक बोकेर बसेका नेपाल प्रहरीको विशेष टास्क फोर्सका प्रहरीहरू देख्दा लाग्थ्यो उनीहरूसँग नबोलेकै बेस । देख्दै आँखा तरेर बसेकादेखिने उनीहरू केही आपराधिक प्रवृत्तिका व्यक्तिहरूको निगरानीको लागि ठाउँठाउँमा ४/४ जनाको दरमा बसिरहेका थिए । हाम्रो उद्देश्य विमानस्थलको सुरक्षासँग थिएन । बरू त्यही विमानस्थल भित्र नागरिक उड्ययन प्राधिकरणसँग भाडामा जग्गा लिएर बसेको भन्सार विभागको क्षेत्रभित्रको बस्तुस्थितिको अध्ययनबारे बुझ्नु थियो । 
 
सबैभन्दा पहिले विमानस्थल भन्सार कार्यालयको सेवाप्रति बुझ्नको लागि विदेशबाट आएका युवाहरूलाई सोध्ने उद्देश्यले हामी आगमन कक्षबाहिर उनीहरूका आफन्तसँगै कुरेर बस्यौं । झण्डै साढे ११ बजेतिर मलेशियाबाट आएका नेपालीहरू विमानस्थल ओर्लिए । वर्षौदेखिको परिवार भेट्ले रहर बोकेर आएकाहरू र परदेशिएका आफन्त भेट्नको लागि सीमित मात्रामा मूलद्वारबाट छानिएर आएका आफन्तले आगमन कक्ष बाहिरको प्रतिक्षालय भरिभराउ रहेको थियो । विमानबाट आउने वित्तिकै हामीले पनि पाल्पा कसेनी घर भई चार वर्षदेखि मलेसियामा बस्दै आएका सुमन गिरीसँग कुराकानी गर्यौ । उनले विमानबाट उत्रिएको १५ मिनेटमा बाहिर निस्किएको भन्दै कर्मचारीहरूबाट त्यस्तो दुख दिने प्रवृत्ति नभेटिएको बताए । लगेज हराउने, लगेज लिन घन्टौ लाग्ने गुनासोहरु सुनिएन ।
 
यस्तै हामीले धादिङ नलाङका भोजराज भट्ट, वाग्लुङ ओढार चौरका सुरवीर पन्त लगायत ६ जनासँग विमानबाट ओर्लिएपछि आगमन पक्षबाहिर आउनेबेलासम्म कस्ताकस्ता समस्या बेहोर्नुपर्यो भनेर सोधीखोजी गर्दा अन्यले गिरीकै कुरा दोहोर्याए भने पन्तले भने  महसुल नतिरी ल्याउन पाउने सीमाभन्दा बढीको टेलिभिजन ल्याएकोले उनलाई केही थप समय भन्सार महशुल तिर्नको लागि लागेको जानकारी दिए । 
 
यसरी गुप्तचरी प्रक्रियाबाट विमानस्थलमा रिपोर्टिङ गरेका हामीहरू भन्सार कार्यालयको भित्री भागमा यात्रुहरूले कस्ता कस्ता समस्या भोग्नु पर्छ त ? भनेर आगमन कक्ष भित्र जाने तयारी गर्यौं । तर, उच्च सुरक्षा सतर्कता अपनाईएको सो कक्षमा जानको लागि भन्सार अधिकारीहरूको स्वीकृति लिनु पर्ने नै भएपछि हामीले विमानस्थल भित्रको भन्सार कार्यालयका प्रमुख उपसचिव टंक सरको सम्पर्क गरेर उनको स्वीकृति पछि मात्रै भन्सार कार्यालयको आन्तरिक कक्षमा प्रवेश गर्न अनुमति पायौ । 
 
भन्सार कार्यालय पक्कै पनि पूरा प्रविधि युक्त बन्न र पर्याप्त जनशक्ति भर्ना गर्न नसकेको भएपनि सेवाग्राहीले पनि प्रक्रियागत ढङ्गले आएको खण्डमा कर्मचारीहरूले सेवाग्राहीहरूलाई दुःख दिने ठाउँ नै खासै रहेको देखिएन । त्यहाँ सकुशल नेपाल भित्रिएका यात्रुदेखि लास लिन गएका आफन्तहरूसँग समेत कुराकानी भयो । लास ल्याउनको लागि पनि यता नाताखुलेको प्रमाण सहितको आवश्यक कागजपत्र बुझाएपछि मात्रै लासको जिम्मा लगाईने प्रक्रियाको विषयमा पनि भन्सार अधिकृतले जानकारी दिए । 
 
भन्सार विभागका अधिकारीहरूसँग भेटघाट गरेसँगै हाम्रो गोप्य रिपोर्टिङ सकिईसकेको थियो । तर कार्यालयप्रमुखले सबै विधि प्रक्रिया र प्रविधिहरूको बारेमा यतिबृत्तान्त सुनाएपछि भने हामी पनि उनको भनाईमा सहमती जनाउन बाध्य भयौं । 
 
विमान ल्याण्डिङ भएदेखि भन्सार क्षेत्रभित्र नछिरून्ज्यालको प्रक्रिया जे जस्तो भएपनि भन्सार क्षेत्रभित्र छिरिसकेपछि भन्सार विभागको काम भनेको लगेज भित्र छिरेपछि स्क्यानिङ गरेर सरकारले प्रतिबन्ध लगाएको सामान नल्याएको पुष्टि भयो भने त्यो सेवाग्राहीले आफ्नो शरीरलाई एक्सरे मेसिनमा जाँच गराएपछि सहजै बाहिर निस्कन सक्ने व्यवस्था रहेको भन्सार अधिकृतहरूले जनाएका छन् ।
 
थोरै जनशक्तिका कारण आफ्नो सेवामा केही चुस्तता आउन नसकेको भएपनि सेवाग्राहीहरूले अहिले कुनैपनि समस्या बेहोर्नु नपर्ने भन्सार अधिकारीहरूले बताएका छन् । प्रतिबन्धित सामग्री बोकेको भेटेमा भन्सार विभागले तत्कालै प्रहरीलाई बुझाईदिने र प्रतिबन्धित सामग्री नरहेको भनेर स्क्यानिङ मेसिनले कुनै समस्या नरहेको बताएको खण्डमा यात्रुहरू सहजै बाहिरिन सक्ने भएकोले कुनैपनि समस्या सिर्जना हुने देखिएन । त्यस्तै सामानहरू पठाईने कार्गो भवनमा पनि पर्याप्त सुरक्षा सतर्कता र हरेक पक्षमा सिसिटिभी रहेकोले आम पब्लिकले सोचेको भन्दा फरक रहेको कर्मचारीहरू बताउदछन् । 
 
यसरी भन्सार भ्रष्ट र माफियाहरूको मात्रै अखडा हो भन्ने सोचाईलाई सुक्ष्म ढङ्गले एक दिन दिनभर अध्ययन गर्दा पनि यसलाई पुष्टि गर्न नसकेपछि पहिलेको भन्सार र अहिलेको भन्सारको व्यवस्थापनमा सुधार भएको आभाष भयो ।  भन्सारको कार्य तुलनामा राम्रो देखिए पनि अझै धेरै चुनौति र समस्याले जकडिएको छ । 
 
अहिलेसम्म भन्सारमा बडी स्क्यानिङ मेसिन छैन । जसले गर्दा अन्तराष्ट्रिय कुख्यात अपराधीहरूले आफ्नो शरीर भित्रै अनेक किसिमका प्रक्रियाहरू अपनाएर लागूऔषध तथा त्यस्तै प्रतिबन्धित सामग्री ल्याउने सम्भावित अवस्थाको लागि त्यस्ता मेसिन नहुँदा समस्या सिर्जना भईरहेको छ । त्यस्तैगरी अहिले भन्सार विभागको विमानस्थल कार्यालयमा १ सिफ्टमा जम्मा २५ जनाको दरमा ४ सिफ्टमा कर्मचारी बस्ने गरेको पनि कार्यालयले जनाएको छ । बिमानस्थलको चापलाई हेर्ने हो भने यो जनशक्ति धेरै न्युन हो ।  यो जनशक्तिलाई दोब्बर नबनाएसम्म भन्सार कार्यालयले सेवाको गुणस्तरलाई सोचे अनुरुप रुपान्तरण गर्न नसकिने बताए । यसरी कुनैपनि सेवाग्राहीले भन्सार कार्यालयबाट पाउने सेवामा कुनै गुनासाहरू रहेमा तत्कालै सम्बन्धित कार्यालय प्रमुखसँग गुनासो गर्न सक्ने व्यवस्था पनि गरिएकोले भन्सारले रुप फेर्दै गरेको देख्न सकिन्छ।
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ