arrow

माघ २५ भित्र भर्ने गरी खुल्यो जाल्पा लघुवित्तको आईपीओ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
IPO_SHare.jpg
तस्बिर– फाइल

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज शुक्रबारदेखि आईपीओ बिक्री खुला गर्दैछ ।  लघुवित्तले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमा ८ हजार कित्ता कर्मचारीका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले ४ लाख ८७ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिकित्ता १ सय रुपैयाँमा रुपैयाँमा आवेदन दिन सकिन्छ । २५ माघभित्र आईपीओ भरिसक्नुपर्नेछ । सी आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सकिनेछ । 



नयाँ