arrow

बालाजुको लोलङ हाइटमा डिशहोम फाइवरनेटको सहवितरण शोरुम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
viber_image_2022-02-06_16-26-34-248.jpg

काठमाडौं । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौं बालाजुको लोलङ हाइटमा पनि सहवितरण शोरुम खोलेको छ । यसको शुभारम्भ भएसँगै आइतबारदेखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न शुरु गरिएको हो । 

सो शोरुमको संचालन बालाजु इलेक्ट्रिक ट्रेडर्सले गर्नेछ । शोरुम समुद्घाटन डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर रामसुन्दर सिलाकर र रविन थापाको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अब डिशहोम फाइवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ शोरुममार्फत दिनेछ । 

हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अब अझ बढी ग्राहकहरुमाझ पुग्नको लागि पनि यस नयाँ शोरुमले मद्धत गर्ने बालाजु इलेक्ट्रिक ट्रेडर्सका संचालक मानव श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ