arrow

एमालेको चुनावी सभामा खटिएका प्रहरीको पेट दुखेपछि हेलिकोप्टर बोलाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
helicoptor2.jpg

दार्चुला । डिउटीमा खटिएका प्रहरी हवल्दार पेट दुख्ने समस्या भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 

अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

हेलिकोप्टरमार्फत उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिए। 

थापा बिरामी भएपछि संघीय सांसद गणेशसिंह ठगुन्ना, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र निमित्त प्रहरी प्रमुख विकको पहलमा हेलिकोप्टर मगाइएको थियो । एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री ठगुन्ना चुनावी अभियानमा अपिहिमाल पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ