arrow

प्रधानमन्त्रीद्वारा भर्चुअल माध्यमबाट सालिक अनावरण र भवन उद्घाटन

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७८ चैत १४ सोमबार
smriti-salik.jpg

मुगु । प्रधानमन्त्री शेर बहादुर देउवाले सोमवार मुगुको सदरमुकाम गमगढीमा नव निर्मित सालिक र भवनको भर्चुअल माध्यमबाट अनावरण र उद्घाटन गरेका छन् । छायाँनाथ रारा नगरपालिको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकाम स्थित अदालत चोकमा निर्मित स्वर्गीय बखत बहादुर शाहीको अर्ध कद सालिकको अनावरण र वीपी स्मृति भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।

भर्चुअल माध्यमबाट सञ्चालित अनावरण तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्रीले देउवाले स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीको नेतृत्वमा रहेको नगर कार्यपालिकाले दूर दराजबाट प्रजातन्त्रका लागी लडेको र पहिलो मुगु जिल्ला विकास समिति सभापति तथा मुगु पाटी सभापति स्वर्गीय बखत बहादुर शाहीलाई सम्मान गदै उनको सालिक बनाएकोले आफू सहित सिंगो काँग्रेस खुसी भएको र शहिद प्रति सच्चा सम्मान भएको बताए । 

नगरपालिका कै सहयोगमा नव निर्मित २ तले वीपी स्मृति भवनबाट वीपीले देखेको समाजबाटको सपना मुगु काँग्रेसले सफल बनाउन कार्य गर्ने समेत आफुले विश्वास लिएको प्रधानमन्त्री देउवाले भने ।

सालिक अनावरण गरिएको स्वर्गीय बखत बहादुर शाहीलाई २०५८ साल माघ ३ गते राती घरमा खाना खाइरहेका बेला तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीका कार्यकर्ताहरूले गोली हानी हत्या गरेका थिए ।

अहिलेका उपलब्धि शहिद र जन निर्वाचित वीपी कोइरालाले खेलेको भूमिका तथा आन्दोलनबाट प्राप्त भएकाले सही उपलब्धिबाट आफूहरूले शासन सत्ता चलाउन पाएकोले वीपी स्मृति भवन र शहिद बखत बहादुर शाही सालिक बनाएको नगरप्रमुख हरिजंग शाहीले बताए ।

नगरपालिकाले गरेका कार्यको प्रशंसा गदै प्रमुख अतिथि पूर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल विशेष अतिथि नेपाली काँग्रेस मुगु सभापति ऐन बहादुर शाहीले लोकतन्त्रका लागी शहिद बखत बहादुर शाही र जननायक विपि कोइरालाले खेलेको भूमिका बारे चर्चा गर्नु भएको थियो ।

अनावरित सालिक ६ लाख ५० हजार र विपि स्मृति भवन श्रमदान सहित करिब १ करोड लागतमा निर्माण सम्पन्न भएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ