arrow

स्थानीय तहको निर्वाचनमा कुन जिल्लामा कति दलले भाग लिने ? [पूर्ण विवरणसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
election-commission1-1618997712.jpg

काठमाडौं  । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लामा भाग लिने दलको टुङ्गो लागेको छ । जसअनुसार सबैभन्दा बढी काठमाडौंमा ४६ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय छ दलबाहेक ४० दलले काठमाडौंमा भाग लिने छन् । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा राष्ट्रिय दलबाहेक पाँच दलले भाग लिँदैछन् । आयोगले राष्ट्रिय दलबाहेक ७३ वटा दल निर्वाचन आयोगमा दर्ता भएको जनाएको छ । 

तीमध्ये ताप्लेजुङमा नौ, पाँचथरमा आठ, इलाममा ११, सङ्खुवासभामा ११ तेह्रथुममा नौ, धनकुटा १२, भोजपुर १० खोटाङ १३, सोलुखुम्बु १३, ओखलढुङ्गा १३, उदयपुर २२, झापा ३०, मोरङ ३३, सुनसरी ३२, सप्तरी २८, सिरहा २६, धनुषा २६, महोत्तर २०, सर्लाही २९, रौतहट ३०, बारा २९ र पर्सा २७ दलले निर्वाचनमा भाग लिने भएका छन् । 

यसैगरी दोलखामा १६, रामेछाप १८, सिन्धुली २०, काभ्रेपलाञ्चोक २४, सिन्धुपाल्चोक १९, रसुवा १२, नुवाकोट २२, धादिङ २१, चितवन २८, मकवानपुर २४, भक्तपुर २८, ललितपुर ३१, काठमाडौं ४०, गोरखा १८, लमजुङ १२, तनहुँ १७, कास्की २५, मनाङ पाँच, मुस्ताङ पाँच, पर्वत १४, स्याङ्जा १३, म्यादी १४, बागलुङ १३, नवलपरासी (पूर्व) १६ र नवरपरासी (पश्चिम) मा २१ दलले भाग लिने भएका छन् । 

त्यसैगरी रुपन्देहीमा ३२, कपिलवस्तु २१ र पाल्पा नौ, अर्घाखाँची ११, गुल्मी ११, रुकुम (पूर्व) सात, रोल्पा सात, प्यूठान नौ, दाङ २१, बाँके २३, बर्दिया २०, रुकुम (पश्चिम) सात, सल्यान सात, डोल्पा पाँच, जुम्ला आठ, मुगु नौ, हुम्ला नौ, कालिकोट १४, जाजरकोट सात, दैलेख आठ, सुर्खेत १९, बाजुरा नौ, बझाङ सात, डोटी नौ, अछाम १०, दार्चुला १०, बैटडी १०, डडेलधुल्ला १०, काञ्चनपुर १९ र कैलाली २३ दल रहेका छन् ।

आयोगले राष्ट्रिय मान्यता प्राप्त छ वटा दलबाहेक निर्वाचन प्रयोजनका लागि विभिन्न जिल्लामा दर्ता भएका साना दलहरुले पनि आफ्नै निर्वाचन चिन्हमा चुनाव लड्न पाउने निर्णय गरेको छ ।

देशभर ७९ वटा राजनीतिक दलहरुले आफ्नै चुनाव चिन्हमा उम्मेदवारलाई उठाउन पाउने भएका छन् ।

आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७६५ मतदान केन्द्र र ११ हजार ९६६ मतदानस्थल कायम गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ