arrow

जता टिकट त्यतै लोसपाका नेताहरु, कार्यकर्ता जोगाउन धौ धौ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
losapa-mahantha-rajendra-2078-12-21.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको संघारमा लोकतान्त्रिक  समाजवादी पार्टी लोसपालाई कार्यकर्ता जोगाउन धौ धौ परेको छ । ठूला पार्टीबाट टिकट पाउने आश्वासन पाउने बित्तिकै लोसपा नेता तथा कार्यकर्ताहरु अर्को पार्टीमा जान थालेका छन् । यो क्रम जारी छ । 

यस बीचमा लोसपाका केही नेताहरुले लोसपा फुटाइ पुरानो तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) लाई सक्रिय बनाएका छन् । लोसपाका लोकप्रिय नेता राजेशमान सिंह र शिव पटेलले लोसपा छाडी अन्य पार्टीमा प्रवेश गरेका छन् । सिंह शुरुमा एमालेमा गए । तर उनी एमालेमा धेरै दिन बसेनन् । एमालेबाट जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । 

जसपाबाट स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा मेयरको टिकट पाउने आश्वासन पाएपछि उनी जसपामा गएका हुन् । पटेल भने एमालेमै छन् । लोसपाका अर्का कार्यकारिणी समितिका सदस्य राजकुमार लेखी चुनावको संघारमा एमालेमा प्रवेश गरेका छन् । यसैगरी रेशम चौधरीले नयाँ पार्टीको घोषणा गरेका छन् । 

लोसपाका कार्यकारिणी समितिका सदस्य विर्शेशचन्द लाल र विजयी सिंहले लोसपा छाडी तमलोपालाई सक्रिय बनाएका छन् । लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले भने पार्टीमा आउने जाने क्रम स्वाभाविक भएको बताउदै भने, ‘उहाँहरुले पार्टी छाड्दैमा पार्टीलाई कुनै घाटा भएको छैन । उहाँहरु भन्दा धेरै व्यक्ति पार्टीमा प्रवेश गर्नु भएको छ ।’

यता, जनता समाजवादी पार्टीले लोसपाका कार्यकर्ताहरु आफूतिर तान्ने तर लोसपासँग सहकार्य नगर्ने नीति बनाएको छ । जसपाका कार्यकारिणी समितिका सदस्य मनिष सुमनले स्थानीय निर्वाचनमा लोसपासँग सहकार्य हुने सम्भावना अन्त्य भएको बताए । ‘साउन ११ गते निर्वाचन आयोगमा सनाखन गर्न जाँदा नै लोसपा र हामीवीचको सहकार्यको सम्भावना बन्द भएको थियो’ उनले भने ।
जसपामा विवाद उत्पन्न भएपछि आयोगले गत साउन ११ गते दुवै पक्षका नेताहरुलाई सनाखत गर्न बोलाएको थियो । महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा लगायतका नेताहरुले उपेन्द्र यादवको नेतृत्वमा सनाखत नगरेपछि विधिवत रुपमा पार्टी फुटेको थियो । 

त्यसपछि ठाकुर, महतो लगायतका नेताहरुले भदौ १ गते नयाँ पार्टी दर्ताको लागि आयोगमा निवेदन दिएका थिए । त्यसको ९ दिनपछि भदौ ९ गते आयोगले लोसपालाई पार्टीको रुपमा मान्यता दिएको थियो । त्यसयता जसपा र लोसपाबीचको सम्बन्ध पानी बाराबारको अवस्थामा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ