arrow

रेलको आम्दानी बढ्दै, अहिले जोड जनमानसमा रेलले सेवा दिन थाल्यो भन्ने विश्वास दिलाउनमै

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ चैत २५ शुक्रबार
rail-janakpur-niranjan-jha.jpg

जनकपुरधाम । कुर्था जनकपुर–जयनगर रेल नाफा भन्दा अहिले कम्पनी विस्तार गर्न खोजेको रेल्वे कम्पनी महाप्रबन्धक निरंजन झाले बताएका छन् । स्थानीय नागरिक समाजको चाहना अनुसार रेल कम्पनीले सेवा दिने जानकारी गराए ।

रेल्वे कम्पनीसँग अहिले दुई वटा डेमो ट्रेनमात्र रहेको छ । एउटा मेन्टिनेन्समा जहिले पनि राख्नुपर्नेसमेत झाले बताए । त्यो मेन्टिनेन्सावाट निस्केपछि फेरि अर्को सेट मेन्टिनेन्समा जान्छ । 

महाप्रबन्धक झाले भने, ‘यात्रुको चाप हेरेपछि त्यसको विकल्प हुन्छ । प्यासेन्जर बढ्दै जाँदा रेल थप हुन्छ त्यसको अध्ययन पनि भइरहेको छ।’

चैत १९ गते औपचारिक रूपमा रेल सेवालाई उद्घाटन गरेपछि २० गतेबाट यात्रु सहितको संचालन भएको हो। यात्रु बोकेको पहिलो दिन टिकटबाट असुल भएको ८० हजार, दोस्रो दिन १ लाख, तेस्रो दिन १ लाख २५ हजार र बिहीबार पनि राम्रै आम्दानी भएको झाले बताए ।

रेलबाट आम्दानी भन्दा शुरुआतमा समयको तालिका जनमानसमा जानकारी नभएका कारण र रेल चल्छ कि चल्दैन भन्नेमै सन्देह भएको उनले बताए । 

जबसम्म जनमानसमा विश्ववास हुँदैन तबसम्म नाफा र नोक्सानको कुरा गर्न नमिल्ने झाले जानकारी गराए । व्यापारीको लागि मालसामान बोगीको लागि रेल कम्पनीले पहल गरिरहेको र जति सक्दो चाँडो त्यसको समस्या समाधान गरिने बताए ।

जनकपुरबाट जयनगरसम्म सामान्य भाडादर ७० रुपैयाँ निर्धारण गरिएको र  एसी कोचको भाडा ३ सय ५० रुपैयाँ छ। इनर्वाको सामान्य ६० र एसी कोचको ३००, खजुरीको सामान्य ५५ र एसी कोचको २ सय ७५, महिनाथपुरको सामान्य ३५ र एसी कोचको १ सय ७५, वैदेही २५ र एसी कोचको १ सय २५, परवाहा र कुर्थाको २० र एसी कोचको १ सय रुपैयाँ भाडादर नेपाल रेल्वे कम्पनी लिमिटेडले निर्धारण गरेको छ। 

रेलभित्र अत्याधुनिक साउन्ड मेसिन प्रयोग गरी स्टेसनबारे जानकारी गराइन्छ।  जसकारण यात्रुलाई आफू जाने–आउने ठाउँको विषयमा अलमल नभइ यात्रा गर्न सहज भएको छ । 

नेपाल रेल्वे कम्पनीले दैनिक दुई पटक रेल सेवा सञ्चालन हुने तालिका सार्वजनिक गरेको छ। तर यात्रुको चाप हेरी यसलाई परिमार्जनसमेत गर्न सकिने महाप्रबन्धक निरञ्जन झाले बताए। 

एक पटकमा १ हजार ३ सय यात्रु बोक्ने क्षमता रेलको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ