arrow

माछापुच्छ्रेको ‘भर्चुअल शाखा’ अवधारणा, ल्यायो अत्याधुनिक प्रविधिमा एमबीएल एम स्मार्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
machhapuchhre-bank-mbl-head-office.jpg
फाइल तस्बिर

काठमाडौँ। बैङ्किङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरू सहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको माछापुच्छ्रे  बैङ्कले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैङ्किङ एप, एमबीएल एम–स्मार्टको सुरुआत गरेको छ। यसअघि माछापुच्छ्रे मोबाइल मनि (एम थ्री) को रूपमा सञ्चालनमा रहेको मोबाइल बैङ्किङ एपलाई बैङ्कले ओम्नी च्यानलमा आधारित परिष्कृत र परिमार्जित गरी एमबीएल एम–स्मार्टको रूपमा शुभारम्भ गरेको जनाएको छ।

बैङ्कले यो नयाँ एप विभिन्न सुविधासहित आएको जनाउँदै भनेको छ, ‘आफैँले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले ‘सेल्फ रजिस्ट्रेशन’ गर्न सकिने मोबाइल बाटै खाता खोल्न सकिने, मोबाइल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्युआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरूमा खाता लिङ्क गर्न सकिने, बत्ती पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाले भरिपूर्ण छ।’

बैङ्कले एमबीएल एम–स्मार्टलाई भर्चुअल शाखाको रूपमा स्थापित गर्दै ग्राहकलाई प्रत्यक्ष रूपमा बैङ्कमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप सञ्चालनमा ल्याएको जनाएको छ। समय सापेक्ष आफ्ना सेवा सुविधालाई थप परिष्कृत र परिमार्जित गर्दै लैजाने रणनीति तथा ग्राहकलाई पूर्ण रूपमा डिजिटल सेवाहरू प्रदान गर्ने लक्ष्यसहित अगाडि बढिरहेको माछापुच्छ्रे बैङ्कले नेपालमै पहिलो पटक ‘वि च्याट पे’ को सुरुआत गरेको थियो।

त्यस्तै आर्टिफिसियल इन्टेलेजेन्सीमा आधारित च्याटबट ‘माया’ पनि नेपालमा पहिलो पटक माछापुच्छ्रे बैङ्कले नै शुभारम्भ गरेको हो।

बैङ्कले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘ओम्नी च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैङ्किङ, आफ्नै वालेट रेमिट एप लगायतका यस्ता थुपै सुविधाहरूको माध्यमबाट ग्राहकहरू बैङ्क आउनै पर्ने बाध्यता कम गर्दै लगेको छ। नयाँ नयाँ डिजिटल सेवाको साथमा ग्राहकहरूलाई डिजिटल युगको अनुभव प्रदान गर्दै आफूलाई एउटा स्मार्ट बैङ्कको रूपमा सधैँ अग्र स्थानमा राख्न सफल भएको छ।

यसै क्रममा डिजिटल कारोबारलाई अझ सहज र सरल बनाउँदै बैङ्किङ सेवालाई अर्को तहमा पुर्‍याउने उद्देश्यसहित बैङ्कले मोबाइल बैङ्किङ एप, एमबीएल एम–स्मार्ट सञ्चालनमा ल्याएको हो। माछापुच्छ्रे बैङ्कले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैङ्किङ सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको।’



लोकप्रिय समाचार
नयाँ