arrow

कांंग्रेसले चुनावी गीत बनाउनेलाई दियो पौने तीन लाखको अफर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
nepali-congress-flag-tree00.jpg

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । कांग्रेसले उत्कृष्ट अडियो–भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो ।

कांग्रेस स्थानीय निर्वाचन केन्द्रीय प्रचार(प्रसार समितिअन्तर्गतको सांस्कृति समन्वय उपसमितिले उत्कृष्ट अडियो–भिडियो निर्माण गरेर त्यसको लिंक उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन सकिने जनाएको छ ।

गीतमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डीबीगुरुङले बताए । उनले त्यसरी छनोट भएको गीतलाई पुरस्कार प्रदान गरिने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ