arrow

काँग्रेस वीपीको प्रतिबद्वता पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
congress-bp-election.jpg

काठमाडौं । नेपाली काँग्रेस (वीपी) ले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० को लागि पार्टीले तयार गरेको स्थानीय निर्वाचन प्रतिबद्वता पत्र-२०७९ बिहिबार सार्वजनिक गरेको छ । पार्टीले सार्वजनिक गरेको प्रतिवद्वता यस प्रकार रहेको छ ।

नेपाली काँग्रेस (वी.पी.) को स्थानीय तह 
निर्वाचन प्रतिबद्वता-पत्र २०७९

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता जननायक विश्वेश्वर प्रसाद कोइराला -वी.पी.) ले मुलुकको ऐतिहासिक गरिमा, भौगोलिक अवस्थिति, आर्थिक अबस्था, संस्कृति र परम्परालाई मध्यनजर गरी प्रतिपादन गरेका नेपाली काँग्रेस पार्टीका मुलभूत सिद्घान्तहरुलाई वि.सं. २)६२-२)६३ को जनआन्दोलन पश्चात उहॉको विरासत बोकेका भन्ने तथाकथित नेताहरुले समय सापेक्षताका नाममा वी.पी.को विचारलाई चटक्कै छाडेर विदेशीहरुका स्वार्थपूर्ण आश्वासनमा अल्झिएर र वामपन्थीका दुराग्रहपूर्ण एजेण्डाहरुको समर्थन गर्दै जॉदा आज १५ बर्ष भैसक्तापनि मुलुकको राष्ट्रियताको प्रवर्धन तथा मुलुकवासीको अबस्थामा सुधार हुनु त कता हो कता नेपालको राष्ट्रियता झन झन कमजोर हु‘दै गईरहेको र मुलुकवासीको आर्थिक तथा सामाजिक अवस्था अधोगति तिर लागेको कुरा सर्वविदितै छ । अत: मुलुकलाई सही दिशामा अगाडि बढाउन आजपनि वी.पी. का देशभक्तिपूर्ण विचार र सिद्घान्तहरुको विकल्प नरहेको तथ्यलाई आत्मसात गरी राष्ट्रियता, प्रजातन्त्र र समाजवाद जस्ता सास्वत सिद्घान्तमा आधारित निश्चित उद्देश्य परिपूर्ति गर्ने महान लक्ष्यकासाथ वि.सं. २)७४ सालमा नेपाली काँग्रेस -वी.पी.) पार्टीको स्थापना गरिएको हो ।
१.राष्ट्रीयता: 
देशको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकतामा कुनैपनि किसिमले आंच आउन नदिई राष्टी«यताको भावनालाई सुदृढगरी नेपाल र नेपालीको शान र मानलाई उच्च बनाइराख्ने । 
२. शासकीय स्वरुप:
वि.सं.२)७२ को संविधानद्वारा लागू गरिएको संघियता देशकालागि औचित्यहीन र अत्यन्त खर्चिलो भएकोले स्थानीय निकायहरुलाई थप अधिकार दिई जनतालाई सरकारका तर्फबाट उपलब्ध गराउनुपर्ने सबै किसिमका सेवाहरु स्थानिय निकायहरुले नै उपलब्ध गराउने व्यवस्था मिलाई संघीयता खारेज गर्ने ।
३. राष्ट्रिय पहिचान :
शान्तिका अग्रदुत भगवान गौतम बुद्वको जन्मभूमि, विश्वको सर्वाच्च शिखर सगरमाथा र वीर गोरखालीको नामले संसारमा प्रसिद्ध रहेको विश्वको एकमात्र “हिन्दु राष्ट्र” को पहिचान बोकेको देशलाई अन्तर्राष्ट्रिय स्वार्थ पूरागर्ने निहित उद्देश्यबाट प्रेरित भई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको हु‘दा धर्म निरपेक्षतालाई खारेजगरी धार्मिक स्वतन्त्रता सहितकोे “हिन्दु राष्ट्र” कायम गन साथै नेपालको शान र एकताको प्रतिकको रुपमा रहेको राजसंस्थालाई अविभावकीय भूमिका निभाउने राष्ट्रप्रमुखको रुपमा रहनेगरी संबैधानिक राजसंस्थाको पुनस्र्थापना गराउने ।
४. प्रजातान्त्रिक समाजबाद:
देशबाट भोक, रोग, अशिक्षा,बेरोजगारी र गरीवीलाई समाप्त गर्न स्वदेशमानै प्रचुरमात्रामा उद्योगधन्दाहरुको स्थापनागरी उत्पादन बृद्घि र मिश्रित अर्थ व्यवस्था अपनाई न्यायोचित वितरण प्रणालीद्वारा विकासको प्रतिफल आम जनतासम्म पुर्याउने ।
५. सुशासन, पारदर्शिता र  भ्रष्टाचारको अन्त्य:
हल शासकीय प्रणालीमा रहेको ढिलासुस्ती, चाकरीप्रथा, नातावाद र कृपावादको अन्त्य गरी आवश्यक सेवा सुविधा पारदर्शीढंगबाट जनताको घरदैलोमा पुर्याउने र देशमा व्याप्त भइरहेका विभिन्न किसिमका भ्रष्टाचार, अनियमितता र बेथितिको अन्त्य गर्ने ।
उपरोक्त उद्देश्यहरु हासील गर्न नेपाली काँग्रेस -वी.पी.) ले स्थानीय तहहरु -गाउ‘ र नगरपालिकाहरु)लाई प्रमुख आधार मानी निम्न बमोजिमका नीति र कार्यक्रमहरु लागुगर्ने प्रतिबद्घता व्यक्त गर्दछ । 
१। संविधानको परिमार्जन स् 
मुलुकको शासकीय संरचना, धार्मिक सांस्कृतिक पहिचान एवम् संबैधानिक राजसंस्थाको पुनस्थापनाको सम्वन्धमा विवादरहित २)४७ सालको संविधान र २)७२ सालको संविधानलाई समयसापेक्ष रुपमा परिमार्जन गरी राष्ट्रिय मेलमिलापको आधार बिन्दुका रुपमा अझ अग्रगामी गराउनु पर्छ भन्ने नेपाली काँग्रेस -वी.पी.)को दृष्टिकोण रहेकोले स्थानीय निकायमा वसोवास गरिरहेका नागरीकहरुको सकारात्मक जनमत आकाश्यक रहेको छ ्र 
२। सुशासन:
क) नेपाली काँग्रेस -वी.पी.) मुलुकमा सुशासन कायमगर्न राजनीतिक र प्रशासनिक क्षेत्रलाई जबाफदेही, पारदर्शी, भ्रष्टाचारमुक्त वनाउंदै, प्रशासनमा हुनेगरेका ढिलासुस्ती,चाकरीवाद,नातावादको अन्त्य गर्न प्रतिबद्घ रहेकोछ । यस क्रममा दण्ड र पुरस्कारको उचित प्रयोग गर्नुका अतिरिक्त स्थानीय निकायहरुबाट गर्नुपर्ने आबश्यक कानून निर्माण तथा संशोधन गरी सुशासनको लक्ष्य हासिल गर्न प्रतिवद्व रहेकोछ ।
ख) भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई भ्रष्टाचार नियन्त्रण कार्यमा सम्बद्घ अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संस्थालाई थप अधिकार सम्पन्न, स्वतन्त्र र सुदृढ बनाउने र २)४६ सालमा भएको प्रजाजन्त्रको पुनर्वहाली देखि हालसम्म सरकारको उच्च तहमा रही काम गरेका व्यक्तिहरुको सम्पत्तीको न्यायिक छानवीन गरी उनीहरुले अबैध तरिकाले जम्मा गरेको सम्पत्तीलाई राष्ट्रियकरण गर्ने र दोषिलाई कानून बमोजिम कारबाहीगर्ने यस पार्टीको नीति भएकोले स्थानिय निकायको तर्फबाट पुर्याउनुपर्ने वा पुर्याउन सकिनेसूचनाहरुतथा सहयोग सम्वन्धित निकायहरुमा तदारुकताका साथ पुर्याई भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा मद्दत पुर्याइनेछ ।
ग) स्थानीय निकायमा रहेर काम गर्ने निजामति तथा सुरक्षा क्षेत्रका सम्पूर्ण कर्मचारीलाई राजनितिक प्रभावबाट मुक्त गराई पालिका निवासी सबै जनसमुदायलाई भेदभाव रहित सेवा प्रदान गरिनेछ । 
घ) जनताले स्थानिय निकायबाट प्राप्त गर्ने सेवा सुविधा वापत भुक्तानी दिनुपर्ने दस्तुर, कर, शुल्कलाई सहुलियतपूर्ण बनाई डिजिटल माध्यमले सरलढंगबाट भुक्तानी दिनसक्ने वनाइनेछ । यसैगरी नागरिकताको प्रमाणपत्र, राहदानी, चालक प्रमाणपत्र र अन्य परिचयपत्र लगायतका कागजातहरु सहज रुपले उपलब्ध गराउने कार्यमा पालिकाले आवश्यक भुभिका निर्वाहगर्नेछ । 
ङ) निर्वाचित जनप्रतिनिधिहरु समाजसेवाको भावनाले काम गर्ने भएकोले मासिक तलबको रुपमा कुनैपनि पारिश्रमिक लिइनेछैन । साथै आतिथ्य तथा खाजा खर्चजस्ता फजूल खर्च नियन्त्रण गरिनेछ ।
३) सामाजिक सुरक्षा:
नेपाली काँग्रेस -वी.पी.) ले वालवालिका, जेष्ठनागरिक, एकल महिला,अशक्त, सुस्तमनस्थिति, घाइते, घरवार विहिन, सुकुम्वासी, सीमान्तकृत समुदाय आदिको सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने नीति लिएकोछ । यसैक्रममा स्थानीय निकायको तर्फबाट यो पार्टीले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन देहाय बमोजिमका कार्यहरु गर्ने प्रतिबद्घता व्यक्त गर्दछ ।
क) सामाजिक सुरक्षा भत्तालाई मूल्य वृद्घिको आधारमा वृद्धि गर्दै लगिनेछ साथै उक्त  भत्ता सम्वधित व्यक्तिको घरदैलोमा उपलव्ध गराइनेछ । 
ख) नागरिकलाई सेवा दिने भौतिक संरचना असक्त र जेष्ठ नगरिकमैत्री समेत बनाइनेछ ।
ग) पालिकामा कार्यरत जोखिमयुक्त कामगर्ने कर्मचारी तथा मजदूरहरुको अनिवार्य वीमा गराइनेछ ।
घ) १२ कक्षा देखि माथि  उत्तीर्णगरी वेरोजगार बसेका युवाहरुलाई रोजगारीमा स्थापित नभएसम्म बेरोजगार भत्ताको उचित व्यवस्था गरिनेछ । साथै निजहरुलाई व्यापार व्यवसाय र अन्य रोजगारी मुलक काम गर्नका लागि न्यून व्याजदरमा बिना धितो ऋण उपलब्ध गराउन पहल गरिनेछ ्र
ङ) सुकुम्वासी परिवारलाई खेतीपातीबाट जीविकोपार्जन गर्नका निमित्त पहाडमा ५ रोपनी, मधेश र भित्रीमधेशमा ५ कट्ठा, सरकारी प्रती जग्गा भोगाधिकार सहित उपलव्ध गराउन पहल गरिनेछ ।
च) “खान लाउन, बस्न, औषधिउपचार गर्न नपाएर कोही पनि मर्न नपरोस्” भन्ने वी.पी.को विचारलाई अक्षरश कार्यान्वयन गरी सामाजिक सुरक्षा निती लागू गर्न स्थानीय निकायहरुलाई जिम्मेवार बनाइनेछ । 
छ) क्यान्सर, मृगौला रोग, अलजाईमर जस्ता जटिल किसिमका र दीर्घरोग लागेका बिरामीहरुलाई अवस्था हेरी माषिक रु ५,))) देखि रु १),))) सम्म भत्ता उपलव्ध गराइनेछ । 

-४) शिक्षासम्वन्धी नीति तथा कार्यक्रम:
देशको सर्वाङ्गिण प्रगति र सम्वृद्घिको मूल आधार शिक्षा रहेको कुरा सास्वत सत्य हो । वर्तमान अवस्थामा नेपालको शिक्षा क्षेत्रमा गुणस्तरको ह्रास हुंदैगएको कुरा चिन्ताको विषय हो । सामुदायिक र संस्थागत रुपमा वर्गीकृत विद्यालयहरु वीच रहेको असमानता हटाई संपुर्ण वालवालिकालाई समान किसिमले जीवन उपयोगी शिक्षाको व्यवस्था गर्न शिक्षा नीति र पद्घतिमा आवश्यक सुधार र परिवर्तन ल्याउन यस पार्टीले निम्न कुराहरुमा विशेष ध्यान केन्द्रीत गर्नेछ ।
क). विद्यालय जाने उमेरका सवै वालवालिकालाई सम्वन्धित क्षेत्रको भौगोलिक अवस्था अनुसार १) देखि १५ मिनेट भित्र पुगिनेगरी आधारभूत विद्यालयको स्थापना गर्ने । 
ख) विद्यालय भवन छात्रा र असक्त मैत्री वनाउने, पर्याप्त र उपयुक्त फर्निचर, शिक्षण सामग्री पुस्तकालय, शौचालय, खेल मैदान पिउने पानी लगायतका भौतिक कुराहरुको व्यवस्था मिलाइनेछ ।
ग) आधारभूत तहको शिक्षा आफ्नै मातृ भाषामा पढ्न पाउने व्यवस्था गरिनेछ ।
घ) स्थानिय समुदायको आवश्यकता वमोजिम रोजगारमूलक, व्यवशायिक, प्राविधिक, र बैज्ञानिक पाठ्यक्रमको निर्माण गरी लागु गरिनेछ ।
ङ) कक्षा १२ सम्मको शिक्षा पूर्णत: नि:शुल्क बनाउने तथा उच्च शिक्षा सहज रुपले पाउनेगरी आवश्यक व्यवस्था मिलाइनेछ ।
च). वाल वालिकाको नैतिक, चारित्रिक, मानसिक र शारिरिक विकासमा सघाउ पुग्नेगरी पाठ्यक्रम र पाठ्य विषयको तर्जुमा गरिनेछ ।
छ) सिमान्तकृत र पिछडिएका विपन्न वर्गका वाल वालिकाहरुको पोशाक,पुस्तक, र अन्य शैक्षिक सामग्रीकोलागि यथेष्ठमात्रामा छात्रवृत्तीको व्यवस्था गरिनेछ । प्रौढहरुकालागि साक्षरता कार्यक्रमका साथै व्यवहारिक सीप र व्यवशायिक दक्षता प्राप्त हुने किसिमको प्रौढ शिक्षाको व्यवस्था मिलाइनेछ ।
ज) विद्यालयमा विषय शिक्षकको समुचित व्यवस्था गर्ने साथै शिक्षकको मर्यादा र सम्मानको रक्षा गर्दै क्षमता अभिबृद्घि तालीम, पेशागत हकहित एवम् आवश्यक सुविधाको व्यवस्था मिलाइनेछ । 
झ) हरेक वडामा कम्प्यूटर तालिम केन्द्र संचालन गर्नुका साथै निशुल्क अनलाइन शिक्षा दिने व्यवस्था मिलाइनेछ ।
ञ) विद्यालयलाई राजनितिबाट अलग्ग राख्दै शान्ति क्षेत्रको रुपमा विकास गर्ने र विद्यालय सञ्चालनमा स्थानीय समुदायको भूमिका सुनिश्चित गरिनेछ ।
ट) स्थानीय तहका विद्यालय साथै क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभालाई उज़ागर र प्रोत्साहन गर्नका लागि साहित्यिक, सांस्कृतिक, प्राविधिक, खेलकूद लगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरिनेछ ।

-५) जनस्वास्थ सम्वन्धी व्यवस्था:
नेपाली काँग्रेस वी.पी. ”स्वास्थनै जीवन हो”े भन्ने तथ्यलाई आत्मसात गरी नागरिकहरुको स्वास्थ्य तथा उपचारमा निम्न नीति अपनाउने संकल्प गर्दछ । 
क) प्रतिरोधात्मक स्वास्थ सेवालाई प्राथमिकता दिने नीति अन्तरगत महिलालाई सुरक्षित रुपमा प्रजननको व्यवस्था गर्ने, वालवालिकामा देखिने कुपोषणको समस्यालाई समाधान गर्न अभियान सञ्चालन गर्ने, स्वास्थ रहनका लागि अपनाउनुपर्ने व्यवहारिक उपाय बारे जनचेतना जगाउन स्वास्थ शिक्षाको प्रचार प्रसार गर्ने, स्वच्छ खानेपानीको महत्व र सुरक्षित चर्पीको प्रयोग बारे जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न रोग प्रतिरोधात्मक खोप दिने कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्ने । महिनावारी हुने प्रक्रिया प्राकृतिक भएकोले यस सम्बन्धमा समाजमा रहेको अन्धविश्वास हटाउन जनचेतना फैलाउने ्र
ख) निदानात्मक पद्दति अन्तरगत रोगको उपचार सेवा प्रभावकारी ढंगले जनता माझ निशुल्क पुर्याउन प्रत्येक वडामा स्वास्थ केन्द्र, प्रत्येक पालिकामा कम्तिमा २५ बेडको विशेषज्ञ सुविधा, आवश्यक उपचार सामग्री र पर्याप्त औषधि सहितको अस्पत्तालको स्थापना गरिनेछ ।
ग) विभिन्न जडिबुटिको उपयोगिता, प्रयोग विधि बारे प्रचार प्रसार गर्ने र प्रत्येक पालिकामा एक आयुर्वेदिक औषधालयको स्थापना गरिनेछ ।
घ) सुत्केरी महिलाको पौष्टिक आहर तथा नवजात शिशुको सह्यार सम्भारमा सहयोग पुर्याउन सुत्केरी भएको तीन महिना सम्म माषिक रु३,))) का दरले आर्थिक सहयोग उपलव्ध गराइनेछ ।
ङ) सुरक्षित सुत्केरी गराउन पालिका भित्रको स्वास्थ केन्दसम्म जान आउनका लागि नि:शुल्क यातायातको व्यवस्था वा आवश्यक खर्च उपलव्ध गराइनेछ ।

-६)कृषि तथा भुउपयोग :
देशको करीव ८) प्रतिशत जनता कृषिमा निर्भर रहेको भएता पनि हालसम्म मूलुकमा दिनप्रतिदिन कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दै गएकोछ । खुर्सानी र आलु लगायतका तरकारी र फलफूलहरु विदेशबाट बर्षेनी अरबौंको आयात भैरहेको तथ्याङ्कले देखाएकोछ । प्रभावकारी र आकर्षक नीति नहुंदा कृषि कर्मबाट सिर्जना हुने रोजगारीका अवसरहरु बाट वञ्चित युवाहरु खाडी र दक्षिण पूर्वका देशहरुमा रोजगारीका लागि भौतारिनु परेको अवस्था छ । मुलुकलाई यस अवस्थाबाट पार लाउन यस पार्टीले निम्न नीति तथा कार्यक्रमहरु लागू गर्नेछ । 

क) भूगोल र उपयोगिताको आधारमा जमीनको वैज्ञानिक वर्गीकरण गरी कृषियोग्य जमीनमा सम्वन्धित क्षेत्रको हावा पानी अनुसार उपयुक्त हुने खाद्यवाली, नगदेवाली, फलफूल खेतीलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाइनेछ ।
ख) खेतीयोग्य जमिनमा सम्बन्धित ठाउँको अवस्था अनुसार कुलो, नहर, भूमिगत जल, आकाशे पानी संकलन आदिद्वारा प्राप्त सिचाईको व्यवस्था गरि कृषि क्षेत्रमा स्थानीय तहलाई आत्मनिर्भर बनाउनका साथै राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने गरि कृषिमा क्रान्ति ल्याउने योजनाहरु संचालन गरिने छ ्र
ग) तर्कारी खेती, विभिन्न नगदे वाली, मौरी पालन, मत्स्य  पालन, च्याउ खेती आदिको उत्पादनमा सक्रिय समूहहरु र सहकारीमा आवद्ध संस्थाहरुलाई उन्नत जातको वीउ विजन, टनेल घर निर्माण, मौरीघार निर्माण, चिस्यान केन्द्रका लागि ५) प्रतिशत अनुदान दिने व्यवस्था मिलाइनेछ ।
घ) व्यवशायिक रुपमा कृषि र कृषिजन्य उद्योग सञ्चालन गर्नेलाई सहुलियतपूर्ण  व्याजदर र छिटोछरितो पाउने गरी कर्जा दिने व्यवस्था गरिनेछ ।
ङ) तराइ मेधेशमा सिंचाइको लागि प्रयोग हुने पम्पिंग सेट, साना जोत्ने मेशिन र अन्य कृ.िष औजार समेतमा २५ प्रतिशत र पहाडतर्फ सिंचाइका लागि प्रयोग हुने ल्पास्टिक पाइमा ५) प्रतिशत अनुदान दिने व्यवस्था मिलाइनेछ ।
च) उत्पादित कृषि उपजलाई सुरक्षित भण्डारण गर्न कोल्ड स्टोरेज निर्माण गर्ने व्यक्ति, समूह तथा सहकारी संस्थालाई ५) प्रतिशत अनुदान दिने तथा रासायनिक मल र उन्नत वीउ विजन सुलभ तरिकाले सहकारी संस्थाका माध्यमबाट विक्रि वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
छ) समूहगत र व्यवसायिक रुपमा उन्नत जातका पशु पंछी पालन गर्ने संस्था या सहकारीलाई खरीद मूल्यको २५ प्रतिशत सम्म अनुदान दिने र भेटेरिनरी सेवा प्रत्येक वडामा विस्तार गरिनेछ ।
ज) कृषि तथा पशुपालक समूह तथा संस्थालाई विमाशुल्कको ५) प्रतिशत सम्म अनुदान दिइनेछ ।
झ) प्रत्येक कृषकलाई आवश्यक तालीम दिने व्यवस्था मिलाउनुका साथै स्थानीय तहमा कृषि प्राविधिकको संख्यामा आवश्यकता अनुसार वृद्घि गरिनेछ ।
ञ) कृषि कार्यमा प्रयोग हुने बिजुलीको महशुलमा छुट दिलाउन पहल गरिनेछ ्र
ट) प्रांगारिक मलको उत्पादन र प्रयोग गरि अर्गानिक खेति गर्ने किसानलाई प्रोत्साहन दिने नीति बनाइनेछ ्र
ठ) सामूदायिक बन मार्फत चरी चरन क्षेत्रको व्यवस्था गर्ने र पशुपालनका लागि पानीको अभाव हुने ठाउंमा पानी लिफ्टिीं गरी पोखरी निर्माण गर्नलाई ५) प्रतिशत अनुदान दिइनेछ ।
ड) पालिका भित्रका कृषि योग्य जमीनको माटो परीक्षण गर्न प्रयोग शालाको निर्माण गरी माटो अनुसारको उपयुक्त वाली नाली लगाउन मद्दत पुर्याइनेछ ।
ढ) कृषि उपजको वेचविखनमा सहजीकरण गर्न प्रत्येक पालिकामा कम्तिमा एउटा सुव्यवस्थित कृषि वजारको निर्माण गरिनेछ । 
ण) उखु, जुट, धान आदि कृषिजन्य उद्योगमा कृषि उपज आपूर्ति गर्ने कृषकलाई तोकिएको मूल्य निश्चित समयमा भुक्तानी पाउनका लागि स्थानीय निकायले प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।
त) किसान र उपभोक्ताको बिचमा चलखेल गर्ने बिचौलिया व्यापारीले अनावश्यक फाइदा उठाउने परिस्थितिको अन्त्य गरि किसानले आफ्नो उत्पादनको अधिकतम मुल्य पाउने उपभोक्ताले उचित मुल्यमा बस्तुको उपभोग गर्न पाउने व्यवस्था गर्न आवश्यक कदम चालिने छ ्र
-७) उद्योग, वाणिज्य र अर्थ व्यवस्था:
क)  स्थानीय निकायले प्रदानगर्ने सेवा सुविधा वापत लिइने दस्तुरलाई सरल र पारदर्शी बनाई न्यूनतम शुल्क मात्र असूल गरिनेछ ।
ख) स्थानीय निकाय भित्रका अति गरीव र विपन्न बर्गको पहिचान गरी उनीहरुको आर्थिक उन्नतिको निमित्त शीपमूलक विशेष कार्यक्रमहरु -जस्तै कपाल काट्ने, सिलाइ बुनाइ आदि) संचालन गरी स्वरोजगारबाट उनीहरुको आर्थिक उन्नति गराइनेछ ।
ग) स्थानीय निकायभित्रका इच्छुक व्यतिm तथा संस्थालाई साना,घरेलु तथा कुटीर उद्योग संचालन गर्न विभिन्न किसिमका सुविधाहरु उपलव्ध गराई निश्चित रकम आर्थिक अनुदान समेत दिइनेछ ।
घ).प्रत्येक गाउंपालिकामा कमसेकम एउटार नगर-उपमहानगर-महानगरका प्रत्येक वडामा दैनिक उपभोग्य सामानहरु सहुलियत दरमा उपलव्ध गराउने बन्दोबस्त गर्ने सहकारी संस्था खडागर्न प्रोत्साहित गरी त्यस्ता संस्थालाई पालिकाको तर्फबाट विशेष सहयोग उपलव्ध गराइनेछ ।
ङ) पालिकाद्वारा कार्यान्वयन गरिने संपूर्ण विकास आयोजना तथा त्यसमा विनियोजन र खर्चभएको विवरण प्रत्येक ६-६ महिनामा पालिको नोटिस बोर्डमा सार्वजनिक गरिनेछ ।
च) स्थानिय निकाय भित्र विगतमा भएका अनियमितता र हिनामिना गरिका रकमको अविलम्व असूल गरी त्यस्तो रकमलाई विकास निर्माण कार्यमा उपयोग गरिनेछ ।
छ) हालको अवस्थामा व्यापार व्यसाय तथा सम्पतिमा मनपरि ढंगले कर लगाई जनताको ढाड सेकिएकोले न्यायोचित ढंगले कर प्रणाली लागु गरिनेछ ्र
ज) वार्षिक ४ लाख सम्म आम्दानी गर्ने साना तथा मझौला व्यावासयिहरुलाई पूर्ण कर छुट दिने व्यवस्था मिलाइनेछ ्र    

-८) पर्यटन र रोजगारी :
क).हाम्रो देश संसारकै एउटा प्रचूर पर्यटकीय संभावना वोकेको देश हो । -उदाहरणत उत्तरको हिमाली क्षेत्रका हिम शिखर, हिम नदी र तालहरु, लुम्विनी, मुक्तिनाथ, पशुपतिनाथ, पाथिभरा, मनकामना, देवघाट, रुरु, रेसुंगा, चतरा, खप्तड जस्ता धार्मिक क्षेत्रहरु, रारा फेवा लगायतका ताल तलैयाहरु, पर्सा, वर्दिया र चितवन जस्ता आरक्षित क्षेत्रहरु स्वदेशी तथा विदेशी पर्यटकका आकर्षणका केन्द्र हुन् ।) ने का -वी पी) ले पर्यटकीय क्षेत्रको गुरु योजना वनाई बर्सेनी लाखौंको संख्यामा पर्यटकहरुलाई भित्र्याउने र पर्यटन क्षेत्रको माध्यमबाट रोजगारीका प्रसस्त अवसरहरुको सिर्जना गर्न प्रभावकारी नीति र कार्यक्रम ल्याउने लक्ष्य लिइएको छ । 
ख) मुलुकमा पर्याप्त संभावना बोकेको खनीज बस्तुको उत्खनन र प्रशोधन गर्ने साथै कृषिमा आधारित उद्योग धन्दा एवम् कल कारखानाहरुको स्थापना गरी व्यापक रोजगारीका अवसरहरुको श्रृजना गरिनेछ ।
ग) स्थानीय रोजगारी सिर्जना गर्ने क्रममा विगतका सरकारहरुले निजिकरणका नाममा बेचविखन गरेका कल कारखानाहरुको बैधताको छानवीन गरी सम्भव भएसम्म पुनस्र्थापना र सञ्चालन गर्न गराउन विशेष जोड दिइनेछ ।
घ) देशको विभिन्न भागमा कारण विशेषले खालि रहेका घरहरुलाई होमस्टेको रुपमा विकास गरि पर्यटन प्रबर्द्धन सघाउ पुर्याइने छ ्र
-९) स्थानीय निकायमा पूर्वाधार निर्माण तथा व्यवस्थापन::
राज्यका तर्फबाट जनतालाई दिइने सरकारी सेवा, सामाजिक सेवा र सुरक्षा सहज एबम् सुलभढंगबाट पुर्याउन सम्वन्धित क्षेत्रभित्र उपयुक्त पूर्वाधारको निर्माण, उचित स्याहार सम्भार तथा व्यवस्थापन हुनुपर्ने कुरामा नेपाली काङ्गेस वी.पी. स्पष्ट धारणा राख्दछ । यस सन्धर्भमा यस पार्टीले निम्न व्यवस्था गर्ने प्रतिवद्घता व्यक्त गर्दछ ।
क) .हालसम्म मोटर बाटो नपुगेका स्थानीय पालिकाहरुको सदरमुकाममा ३ बर्ष र प्रत्येक वडा कार्यालय रहेका स्थानमा ५ बर्षभित्र मोटर बाटो पुर्याउने साथै बनिसकेका मोटरबाटोको मर्मत संभार स्तरोन्नती गर्ने ।
ख) पालिका क्षेत्रभित्र रहेका पर्यटकीय सम्भावना भएका स्थानहरुको पहिचान गरी सो स्थानसम्म सहज पहुंच हुने सडक र उपयुक्त यातायातको व्यवस्था मिलाइनेछ । साथै त्यस्ता क्षेत्रलाई थप पर्यटक मैत्री हुनेगरी आबश्यक पूर्वाधारको विकास गरिनेछ ।
ग) शुद्घ खानेपानीको उपलव्धता हुन नसकेका गाउंवस्ती हरुमा खानेपानीको पर्याप्त व्यवस्थथा मिलाउन सम्भाव्य स्रोतहरु पहिचान गरी पाइपद्वारा पानी वितरण, डिप बोरिङ्क, धारा कुवाको मर्मत सम्भार, आकासेपानीको संकलन आदिमध्ये सम्वन्धित ठाउंमा सम्भबहुने विधि अपनाई ३ देखि ५ बर्षभित्रमा पालिका भित्रका सम्पूर्ण घरपरिवारलाई स्वच्छ खानेपानी उपलव्ध गराउने कार्यक्रम अगाडि बढाइनेछ ।
घ) प्रत्येक गाउंपालिकामा कम्तिमा एक एक वटा खेल मैदान, पार्क, वनभोज स्थल, सामुदायिक भवन र सामुदायिक पुस्तकालय तथा सूचनाकेन्द्रको स्थापना गरिनेछ साथै नगर र महानगरका प्रत्येक वडा उक्त बमोजिमका पूर्वाधारहरुको विकास गरिनेछ ।
च) नगर-महानगरको फोहोर मैला व्यवस्थापन गर्न बातावरणमैत्री डम्पिङ्ग साइटको निर्माण गरिनेछ साथै फोहोरलाई मोहोरमा परिणत गर्ने योजना कार्यान्वयन गरिनेछ ।
च) स्थानीय निकाय क्षेत्रका असहाय जेष्ठ नागरिकको सम्रक्षणको लागि सुविधा सम्पन्न आश्रयस्थल र अनाथ वालवालिकाको लागि वाल गृहको निर्माण गरिनेछ । परिवार विहिन असक्तहरुको खानपीन, वासस्थान, औषधि उपचारका लागि उपयुक्त व्यवस्था मिलाइनेछ ।
-१)) वन र वन्यजन्तु संरक्षण: 
प्रकृतिमा हाव पानी र वातावरणलाई संतुलित बनाइराख्न वन जंगल र वन्यजन्तुको महत्वलाई मध्यनजर राखी यिनको संरक्षणकालागि निम्न कार्यक्रमहरु लागू गरिनेछ ।
क) वन जंगलको संरक्षण र उचित स्याहर सम्भार गर्ने कार्यमा जनताको सक्रिय सहभागिता रहने कार्यक्रम तर्जुमा गरी लागू गरिनेछ ।
ख) सामुदायिक वन सम्वन्धी नीतिलाई पारदर्शी प्रभावकारीवनाउन सक्रिय पहल गरिनेछ ।
ग) खाली जमीन र सडक बाटोका किनारामा वृक्षारोपण गरिनेछ ।
घ).लोपोन्मुख र दुर्लभ वन्यजन्तु तथा चरा चुरुङ्गीहरुको संरक्षणको लागि आवश्यक उपाय अपनाइनेछ ।

-११) श्रमिक र मजदूरहरुको सम्वन्धमा : 
समाजवादको सिद्घान्त अंगीकार गरेको यसपार्टीले श्रमिक र मजदूर बर्गलाई देश निर्माणका मूल आधार ठान्दछ । यसर्थ यस बर्गको हक हितको संरक्षणका लागि स्थानीय तहमा निम्नानुसारका कार्यक्रमहरु लागू गर्नेछ ।
क) श्रमिक र  तिनका परिवारको भरण पोषण गर्न पुग्नेगरी स्थानीय श्रम वजारको आधारमा श्रमिकको दैनिक ज्याला र मासिक वेतनमान निर्धारण गरी लागू गरिनेछ ्र
ख) उपयुक्त वसोवासको व्यवस्था, बालवच्चाको शिक्षा औषधि उपचार र वीमा गर्न सम्वन्धित औद्योगिक संस्थालाई जिम्मेवार बनाइनेछ ।
ग) श्रम गर्ने उमेर पुगेका यूवाहरुका लागि उनीहरुको रुची अनुसारको सीप हासिलगर्न आवश्यक प्रशिक्षण र तालीमको निशुल्क व्यवस्था गरिनेछ ।
घ) श्रमिक वर्गको हीत र सम्मानको ग्यारेण्टी गर्न स्थानीय स्तरमा आवश्यक नीति नियमको तर्जुमा गरी लागु गरिनेछ ।
९१२) जलविद्युत सम्बन्धमा 
९क) स्थानीय पालिकाको भूगोलमा पर्ने पर्याप्त पानी बहने खोलाहरूमा स्थानीय जनताको शेयर लगानीमा साना जलविद्युत् योजना संचालन गर्ने व्यक्ति वा समुहलाई प्रोत्साहन स्वरूप ५)५ कर छुट दिने व्यवथा गरिने छ ्र
९ख) मुलुकको समृद्वीका लागि महत्वपूर्ण रहेका मझौला र ठुला जलविद्युत् आयोजनाहरुमा प्रत्येक नागरिकको स्वामित्व कायम हुने गरि शेयरको बाडफाड गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ ्र 
९ग) पारिवारिक प्रयोजनमा खपत हुने विद्युत् महशुल सहुलियतपूर्ण दरमा उपलब्ध गराउन व्यवस्था मिलाइने छ ्र साथै खाना पकाउन विद्युतीय चुल्हो प्रयोग गरि ग्यासको प्रयोगलाई न्यूनीकरण गर्ने परिवारको लागि विद्युत महशुलमा ५)५ छुट दिने व्यवस्था मिलाइने छ ्र

-१३) धर्म, कला र संस्कृतिको संरक्षण: 
कुनै पनि देशको मौलिक पहिचान त्यस देशको धर्म कला र संस्कृति र परम्परामा आधारित हुन्छ । हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्र्कतिक र विविध परम्परा भएको देश हो । यसर्थ यहांका प्रत्येक धार्मिक सांस्कृतिक समुदायले राज्यको कानून उल्लंघन नहुनेगरी आ आफ्ना आस्था अनुसार गरि आएका विविध परम्परा र संस्कृतिहरुलाई प्रवर्धन र संरक्षण गर्न यो पार्टी प्रतिवद्धता व्यक्त गर्दछ ।

आदरणीय दिदीबहिनी, दाजुभाईहरु १
    २)७२ सालको संविधान लेखिदै गर्दा राता-रात घोषणा गरिएको संघियता, गणतन्त्र र धर्म निरपेक्षताले मुलुकमा शान्ति र समृद्वी ल्याउनुको साटो मुलुकको राजनैतिक, प्रशासनिक, न्यायिक, आर्थिक, सामाजिक, धार्मिक आदि सबै क्षेत्र अस्थव्यस्त भई मुलुक चरम संकटमा पुगेकोले हाल सत्तामा रहेका पार्टीहरुलाई विस्थापित गरि राष्ट्रियता, प्रजाजन्त्र र समाजवादका प्रणेता जननायक वी पी कोइरालाको नेपाललाई सुन्दर शान्त र समृद्व बनाउने सपना सकार पार्न नेपाली काँग्रेस ९वी।पी) पार्टीको चुनाव चिन्ह करुवामा आफ्नो अमुल्य मत जाहेर गरि यस पार्टीलाई अत्याधिक मतले विजय गराउन हार्दिक अपिल गर्दछौं ।
                                           जय नेपाल १ जय वी।पी।११

नोट: यो घोषणपत्र विशेषत: स्थानीय तहलाई केन्द्रमा राखी सार्वजनिक गरिएकोछ । आगामि दिनमा मूलुकको समग्र वस्तुगत अवस्थामा आधारित रही केन्द्रदेखि स्थानीय तहसम्म यस पार्टीका अवधारणाहरु, लक्ष्य,  योजना, कार्यक्रम र कार्यान्वयन पक्षलाई समेट्नेगरी घोषणापत्रलाई पूर्णता दिने प्रतिवद्घता व्यक्त गरिन्छ ।
शुरुको हाइलाइट 
१. पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राज्य घोषणा गर्ने ।
२. राष्ट्रिय एकताको प्रतिकको रुपमा ऐतिहासिक संबैधानिक राजसंस्थाको पुनस्थापनागर्ने ।
३. वर्तमान संघिय संरचना खारेज गरी विकेन्द्रिकरणद्वारा स्थानिय तहलाई थप अधिकार सम्पन्न बनाउने ।
४. वि.सं. २)४६ साल देखि हालसम्म मुलुकको उच्च ओहदामा रहेका व्यक्तिहरुको संपतिको न्यायिक छानवीन गरी अबैध ठहरिएको सम्पत्तीको राष्ट्रियकरण गरी भष्ट्राचारीलाई कारवाही गर्ने ।

अन्तिमको हाइलाइट
जननायक वी.पी. कोइरालको प्रजातान्त्रिक समाजवादको सपना पुरा गर्ने क्रममा निम्न बमोजिमका सामाजिक अर्थिक कार्यक्रमहरु लागू गर्न यस पार्टीले प्रतिबद्घता जाहेर गर्दछ ।

१. स्थानीय निकायका जनप्रतिनिधिहरुले माषिक पारिश्रमिक नलिई कामगर्ने ।
२. माध्यमिक तह सम्मको शिक्षा नि:शुल्क गर्ने ।
३. आधारभूत स्थास्थ नि:शुल्क गर्ने तथा जटिल प्रकृतिका रोगको उपचारमा तोकिए बमोजिको थप आर्थिक सहयोग उपलव्ध गराउने ।
४. कृषि मल, उन्नत वीउ विजन, कृषि औजार, सिंचाइ आदिमा तोकिएको अनुदान तथा सहुलियत व्याजदरमा कृषि कर्जा उपलव्ध गराउने व्यवथा मिलाउने ।
५. हरेक वडामा उपभोग्य बस्तुका सुपथ मूल्य पसल सञ्चालन गर्ने ।
६. १२्र कक्षा भन्दा माथि उत्तीर्ण गरेका वेरोजगार युवालाई बेरोजगार भत्ता उपलव्ध गराउने ।
७. सुकुम्वासीलाई भोगाधिकार सहितको खेतीयोग्य जग्गा उपलव्ध गराउने ।
८. घरवार विहिन विपन्न परिवारलाई सुविधायुक्त घर बनाई हस्तान्तरण गर्ने ।
९. असहाय बाल वालिका, जेष्ठ नागरिक, घरेलु हिंसा पिडित महिला तथा असक्तहरुकालागि उपयुक्त आश्रम सञ्चालन गर्ने ।
१)। स्थानीय तहमा चर्को कर अशुल्ने व्यवथा हटाउने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ