- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा डेढ लाखको हाराहारीमा उम्मेदवारी परेको छ । निर्वाचन आयोगले मंगलबार बिहान ७ बजेपछि सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबार र सोमबार गरी १ लाख ३६ हजार २ सय ६९ जनाले उम्मेदवारी दर्ता गराएको जनाएको छ ।
जसमा मेयरमा ३ हजार २६१ जनाले, अध्यक्षमा ३ हजार २५४ जनाले, उपमेयरमा २००३ जनाले, उपाध्यक्षमा २२९२ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
त्यस्तै वडाध्यक्षमा ३२ हजार ५९ जनाले, महिला सदस्यमा २३ हजार ३७५ जनाले, दलित महिला सदस्यमा २१ हजार ११५ जनाले र सदस्यमा ४८ हजार ९१० जनाले उम्मेदवारी दिएको आयोगको पछिल्लो विवरणमा उल्लेख छ ।
मनोनयन दर्ताको संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि) गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या बढ्ने आँकलन गरिएको छ । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।
मनोनयन दर्ताको संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि) गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या बढ्ने आँकलन गरिएको छ । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।
स्थानीय तहमा ३० बैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ सालको स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।
आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । १४ र १५ बैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।
१६ बैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ बैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।