arrow

गोदकको वडाध्यक्षमा चाहिएका र रुचाइएका दिलीप 

ओमनाथ प्रधान 'दिलीप' लाई भोट किन ?

logo
गोविन्द अधिकारी,
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
dilli-pradhan-omnath-godak.jpg

इलाम । दिलीप प्रधान गोदकवासीबीच परिचित नाम हो । गोदक १० नारायण चोकका दिलीप स्थानीय समाजसेवी र व्यवसायी हुन् । उनको नेतृत्वमा सञ्चालन भएको फ्रेन्डशीप क्लब आज गोदकको नमुना क्लब बन्न पुगेको छ । उनले त्रिएक कृषि तथा पशु पालन फार्म मार्फत स्थानीयलाई कृषिमा आधुनिकीकरण यसरी गर्न सकिन्छ भनेर नमुना प्रस्तुत गरेका छन् । दिलीप फ्रेन्डशीप क्लबका संस्थापक अध्यक्ष, फ्रेन्डशीप कृषि सहकारी संस्थाको अध्यक्ष हुन् । इलामा नगरपालिकाको उत्कृष्ट सहकारीमा उनको संस्था पर्छ ।

उनी २०५७ सालदेखि शिव पार्वती बाल क्लब, फ्रेन्डशीप समूह' फ्रेन्डशीप युवा क्लब, फ्रेन्डशीप कृषि सहकारी संस्था आवद्ध हुँदै सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् । विगत तीन चार वर्ष अघिदेखि उनी त्रिएक चिया प्रशोधन उद्योगमा संलग्न छन् । सात आठ जना युवा मिलेर सो उद्योग सञ्चालन गरेका छन् भने त्रिएक कृषि तथा पशु पालन फार्म मार्फत उन्नत जातको गाई बाख्राहरू उत्पादन गरिरहेका छन् । उन्नत जातका घाँसहरू जस्तै नेपियर, सुपर नेपियर, स्मार्ट नेपियर ल्याएर घाँसमा आत्मा निर्भर बनाउने आफ्नै बारीको कान्लामा गाइको गोबर लगाए घाँस उत्पादन गरेर लागत खर्च घटाएका छन् । 

साथै इलाम जिल्लामै पहिलो पटक घाँसको गुन्द्रुक बनाउने प्रविधि शैलेश भित्राएर शैलेशका कार्यक्रम पनि सञ्चालन गरिरहेका छन् ।  त्यो सँगसँगै इलाम नगरपालिका मै पहिलो पटक ह्याचरी ल्याएर चल्लाहरूको उत्पादन उनले गरेका छन् । टर्की, हाँस, कुखुरा, बट्टाईहरूको चल्ला उत्पादन गर्न बेच्न सकिन्छ तथा व्यवसायीकरण गर्न सकिन्छ भन्ने देखाएका छन् । 

साथै नेपाल सरकार यसअघि सूचना तथा सञ्चार मन्त्रालयले दिएको एकीकृत सेन्टर पनि सञ्चालन गर्दै आएका छन् ।   प्रधानमन्त्री तथा  मन्त्रीपरिषद्‌को कार्यालयले उत्कृष्ट सञ्चालन गरेको भनेर पुरस्कृत पनि गरेको थियो । उनै दिलीप आउदो स्थानी तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट इलाम नगरपालिका वडा नम्बर १० मा वडाध्यक्षका उम्मेदवार रहेका छन् । 

उनी राजनीतिमा किन आउन खोजे त ? उनी भन्छन् ,' दुइटा कुरा छ, कि असल मान्छे राजनीतिमा आउनु पर्छ कि खराब मान्छेले राजनीति गरेको सहनुपर्छ । यो भनाइको साटो हामी आफै सामाजिक रूपमा काम गरेको मान्छे किन वडाध्यक्षको रूपमा सेवा नगर्ने ? हामी युवाले पनि गर्नुपर्छ ।' उनी युवाहरु विदेशीने विषयलाई लिएर दुखी पनि छन् । अहिले युवाहरु विदेश खाडीमा जाने रेमिटेन्समात्र पठाउने होइन यहाँ बसेर स्थानीय स्रोत र साधनलाई प्रयोग गरेर वडाको मुहार फेर्नुपर्छ । सोही जनमासको भावनालाई बुझेर वडाध्यक्षमा मैले उम्मेदवारी दिए । 

उनी वडाध्यक्ष भए भने निष्पक्ष व्यवहार गर्ने बताउँछन् । कुनै पनि पार्टीगत व्यवहार नराखी निष्पक्ष व्यवहार गर्ने दोस्रो कुरा भ्रष्टाचार मुक्त बनाउने बताउँछन् । उनी भन्छन् ,'म सबै सामु निष्पक्ष व्यवहार गर्छु वडालाई भ्रष्टाचार मुक्त बनाउँछु । मलाई अहिले पनि मेरा साथीहरूले मेरो गोजीबाट पैसा खर्च नहोस् भनेर १००, ५०० र १००० बैक खातामा पैसा जम्मा गरिदिएर चुनाव लड्नको लागि प्रेरणा दिनुभएको छ । चुनावमै हामीले पैसा खर्च गरियो भने भोलि  हामी भ्रष्ट हुन सक्छौ भनेर गोदकका एमाले, कांग्रेस र माओवादी हरेक पार्टीका व्यक्तिले मलाई सपोर्ट गरिरहनु भएको छ । त्यसैले म भ्रष्टाचार मुक्त पारदर्शी र आएको बजेटलाई क्षेत्र वर्ग जनसङ्ख्याको आधारमा बाँडफाँड गर्छु र त्यसको हरेक वर्ष आर्थिक प्रतिवेदन सार्वजनिक गर्छु ।' 

म वडाका सबैलाई निष्पक्ष व्यवहार गर्छु । पार्टीलाई भन्दा पनि व्यक्तिलाई भोट दिने भएको कारणले म एमालेकै भोट ल्याएर जित्छु ।

विगतमा सो स्थानमा एमालेले जित्दै आएको छ । एक तरिकाले भन्ने हो भने गोदक एमालेको पकड क्षेत्र हो । स्थानीय तह निर्वाचन २०७४ मा एमालेबाट रोम लुङ्गेली वडाध्यक्ष बनेका थिए । यस स्थानीय तहमा पनि दिलीपको उनै लुङ्गेलीसँग चुनावी प्रतिस्पर्धा हुँदै छ । लुङ्गेलीमाथि माथि वडाको विकास नगरेको, आर्थिक पारदर्शिता नराखेको तथा पार्टीका व्यक्ति मात्र च्याप्ने गरेको आरोप गोदकका स्थानीयले लगाउँदै आएका छन् । 

दिलीप भन्छन्,' विगतमा एमालेले जिते पनि अहिलेको स्थानीय चुनाव पार्टी भन्दा पनि व्यक्तिलाई हेर्नेछन् । धेरै मतदाताहरू युवा छन् । त्योसँगै मानिसमा चेतनाको स्तर पनि बढेको छ । मैले विगत धेरै वर्षदेखि यो क्षेत्रमा सामाजिक रूपमा काम गरेको छु । पार्टीलाई भन्दा पनि व्यक्तिलाई भोट दिने भएको कारणले म एमालेकै भोट ल्याएर जित्छु । वहाँहरू पनि पार्टीलाई भन्दा पनि व्यक्तिलाई हेरौँ भन्ने नाराका साथ हिँड्नु भएकाले मेरो जित सुनिश्चित छ ।'

गोदक विकासका लागि उनले प्रतिज्ञा पत्र पनि जारी गरेका छन् । उनको प्रतिज्ञा पत्रको मूल नारा नै 'समृद्ध वडा, निष्पक्ष व्यवहार पारदर्शिता र जबाफदेहिता, हाम्रो आधार' रहेको छ । उनी भन्छन् ,'पहिले समृद्ध वडा बनाउनु पर्‍यो अनि निष्पक्ष व्यवहार गर्नु पर्‍यो त्यसपछि पारदर्शिता हुन पर्‍यो यी कुरा भए मात्र समृद्ध वडा बन्न सक्छ ।' 

उनको प्रतिज्ञा पत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि र पशुपालन कर व्यवस्था सडक आदिको कुरा छ । विद्युत् र ऊर्जा, खानेपानी-सरसफाइ, पर्यटन, युवा-महिला, खेलकुद, बन र अन्यको कुरा समेटिएको छ । उनी आफूले ठुलो कुरा नगर्ने तर फरक तरीकाले गर्ने बताउँछन् । उनी भन्छन् ,'यी सारा कुरालाई लिएर गर्न सकिने कुरालाई चाहिँ हामी के गर्न सक्छौ सक्दैनौ स्थानीय तहले दिएको नियमावद्यी को आधारमा रहेर गर्छौ । हामीले गर्ने कुरा ठुलो होइन गर्ने कुरा सानै हो तरीका मात्र फरक हो ।'

उनी आफ्नो प्रतिज्ञा पत्र लागु हुनेमा विश्वस्त छन् । उनी भन्छन् ,' हामीले प्रतिज्ञा पत्रमा उद्योग खोल्ने कुरा छैन, यहाँ सुशासनको कुरा छ। यहाँ शिक्षामा, स्वास्थ्यमा गर्नुपर्ने सामान्य कुराहरू छन्। त्यहीँ काम गर्ने हो तर फरक तरिकाले गर्ने कुराहरू हामीले यहाँ प्रस्तुत गरेका छौँ। एउटा युवाले सोच्ने कुरा, युवाहरूले देखेका भिजनलाई यहाँ रहेका अग्रज नेताहरूले गरेका लगानी, अनुभवलाई एकै ठाउँमा राखेर युवाको नयन सोचलाई फरक तरिकाले गर्ने भएको कारणले मेरो घोषणापत्र म अक्षराश: पालना गर्छु भन्ने लागेको छ।' 

अर्ग्यानिक चियाको पकेट क्षेत्रका रूपमा रहेको गोदकलाई अगाडि बढाउने उनीसँग योजनाहरू पनि छन् । उनी भन्छन् ,'अर्ग्यानिक चियालाई अगाडी बढाउन ब्रान्ड बनाउने कुरा छ। अर्ग्यानिक टेस्टिंग गर्ने, अर्ग्यानिक सर्टीफाईड गर्ने कुरा छन् यसमा चाहिँ वडा कार्यालयले प्रत्येक कृषकलाई चेतनामूलक सन्देश दिने हो। किन अर्ग्यानिक बनाउने हो?, अर्ग्यानिक बनाउने माध्यम के हो? पहिला सुरुमा हामीलाई सबै भन्दा ठुलो कुरा चेतना चाहिएको छ। हामी चेतनामा नै कमजोर छौँ। जब मान्छे सचेत हुन्छन् , जब चेतनाबाट मान्छे बाहिर निस्किन्छन् , अनि मात्रै मान्छेले नयाँ सोच्छन्। यसलाई चेतना दिने कुरा, अझै ब्राण्डिंग गर्ने कुरा, यसलाई प्रमोसन गर्ने कुरामा चाहिँ हामी अगाडी जान्छौँ।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ