arrow

काठमाडौं महानगरमा र्‍यापधुन, वालेन्द्र अगाडि, एमाले पछ्याउँदै, गठबन्धन पछाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
279384438_1183788062435149_9036572160797207851_n (1).jpg

काठमाडौं । काठमाडौं महानगरपालिकामा र्‍यापधुन बजिरहेको पाइएको छ । स्थानीय तहको निर्वाचनको मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार र्‍यापर एवं इन्जिनियर वालेन्द्र साह अगाडि देखिएका छन् । शुरुआतदेखि नै उनी अगाडि लागेका हुन् । 

१३ सय मत गणना हुँदा वालेन्द्रले ४५२, एमालेका उम्मेदवार केशव स्थापितले ३८८ तथा गठबन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २४० मत पाएकी छिन् । 

राप्रपाका मदनदास श्रेष्ठले ५३ मत पाउँदा विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले मात्र १३ मत पाएकी छिन् । उम्मेदवार नै नउठाएको नेकपा एकीकृत समाजवादीको कलम चुनाव चिन्हले १० मत पाएको छ । 

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डंगोलले ५२० मत पाएकी छिन् । गठबन्धनका नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत पाउँदा राप्रपाका उम्मेदवारको १०० मत रहेको छ । 

हाल काठमाडौंका वडा १, २, ३ र ३२ को मतगणना भइरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ