arrow

काठमाडौं महानगरमा वालेन्द्रको लौरो चल्यो, स्थापितभन्दा हजार मतले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
balen-sah-kathmandu.jpg

काठमाडौं । काठमाडौं  महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । दिउँसो १ बजे सर्वजनिक मतपरिणामअनुसार लौरो चुनाव चिन्ह लिएर मैदानमा उत्रेका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गरेका छन् । 

नेकपा (एमाले) का केशव स्थापितले एक हजार १९९ र नेपाली कांग्रेसकी सिर्जना सिंहले एक हजार ५७ मत प्राप्त गरेकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले २४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २३३ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार २३२, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ६४७ र राप्रपाका बिनिता मगैयाले ५४० मत प्राप्त गरेकी छिन् । कामपा वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ । 

मतगणनामा ढिलाइ कारण आलोचना हुन थालेपछि निर्वाचन कार्यालयले गणना केन्द्र थप गरेको छ । कार्यालयले एक केन्द्र थप गरी विभिन्न छ स्थानबाट मतगणना गर्न थालेको छ । 

कामपा वडा नं ३१ को गणना शुरु गरिएको छ । वडा नं ३२, १, २, ३ र ४ को गणना अन्तिम चरणमा रहेको र छिट्टै विजेता घोषणा गरिने कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ