arrow

रात पर्न थाल्यो भेटेनन् केशव स्थापितले वालेन्द्र साहलाई, अन्तर दोब्बरको 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
balen-saha.PNG
तस्बिर– फाइल

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह एक हजार ६७६ मतान्तरसहित अगाडि रहेका छन् । पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले ३ हजार ५३२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले एक हजार ८५६ मत पाएका छन् । 

गठबन्धनबाट उठेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ सिंहले एक हजार ६०२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै उपप्रमुखमा एमालेकी सुनिता डङ्गोलले दुई हजार ८८४, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८२३ र राप्रपाकी बिनिता मगैयाले ६७० मत प्राप्त गरेकी छिन् । कामपा वडा नं १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ । 

महानगरमा ३२ वडा रहेको छ । शनिबार बिहान ९ः५० बजेदेखि मत गणना शुरु गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करिब एक लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

यसैबीच प्रमुखका उम्मेदवार स्थापितले दिएको प्रतिक्रिया यतिबेला चर्चामा छ । उनले आइतबार दिनभर वालेन्द्र अगाडि रहने र रात परेपछि आफूले अग्रता लिने दाबी गरेका थिए । 

तर उनले दाबी गरे विपरीत उनी र वालेन्द्रको अग्रता करिब दोब्बरले फरक पर्न थालिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ