arrow

काठमाडौंमा वालेन्द्र फराकिलो अन्तर बनाउँदै, केशव २५ सय मतले पछाडि, वडा ३२ मा एमाले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
balen-saha.PNG
तस्बिर– फाइल

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता फराकिलो बन्दै गएको छ । वालेन्द्रले दोस्रो स्थानमा रहेका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितको भन्दै २५ सय मतअन्तर गर्न सफल भएका छन् । 

वालेन्द्रले ५ हजार ४४६ मत पाउँदा स्थापितले २ हजार ९५२ मत मात्र ल्याएका छन् । तेस्रो स्थानमा गठबन्धनका तर्फबाट उठेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले २ हजार ५७७ मत ल्याएकी छिन् । 

उपप्रमुखमा एमालेकी सुनिता डङ्गोलले ३ हजार ३४४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मतमात्र ल्याएका छन् । 

यहाँ गठबन्धन पूरै असफल भएको छ । सिर्जना दोब्बर बढी मतले पछाडि छिन् भने रामेश्वर तेब्बर बढीले पछाडि छन् । 

३२ नम्बरमा एमाले 
महानगरमा ३२ वडा रहेका छन् । ३२ नम्बर वडामा मतगणना सकिएको छ । वडाध्यक्षमा नवराज पराजुली विजयी भएका छन् । उनले नेकपा एसकी उम्मेदवारलाई पराजित गरे । 

उनी निरन्तर वडाध्यक्ष रहँदै आएका छन् । २०७४ सालको निर्वाचनमा उनी अझ फराकिलो मतले विजयी भएका थिए । 

शनिबार बिहान ९ः५० बजेदेखि मत गणना शुरु गरिएको थियो । करिब एक लाख ९१ हजार मत खसेको छ । निकै सुस्त गतिमा भइरहेको मतगणना गर्न यही गतिमा कम्तीमा दुई साता लाग्ने देखिएको छ ।  कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ