arrow

८९ पालिकाको छिनोफानो, एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
local-level-election-2079.jpg

काठमाडौं । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । ७५३ तहको निर्वाचन र त्यसपछिको मतगणना भइरहँदा अहिलेसम्म मात्र ८९ पालिकाको मात्र छिनोफानो भएको छ । 

अहिलेसम्म नेकपा एमाले शीर्ष स्थानमा कायमै रहेको छ । एमालेले ३४ पालिका प्रमुख जितेको छ । नेपाली कांग्रेसले ३१ प्रमुख जित्दा नेकपा माओवादी केन्द्र तेस्रो शक्तिमा स्पष्ट अगाडि देखिएको छ । 

माओवादीले २२ प्रमुख जित्दा नेकपा एकीकृत समाजवादीले २ प्रमुख जितेको छ । अन्य दलले भने अझैसम्म प्रमुखमा खाता खोल्न सकेका छैनन् । 

त्यस्तै एमाले १५६ पालिका प्रमुखमा अग्रता लिइरहँदा नेपाली कांग्रेसले सबैभन्दा धेरै २६१ पालिका प्रमुखमा अग्रता लिन सफल भएको छ । 

माओवादी केन्द्रले ९७, नेकपा एसले १६, जनता समाजवादी पार्टी जसपाले २९, लोकतान्त्रिक समाजवादी पार्टीले ११ तथा अन्यतर्फ २६ ले अग्रता लिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ