arrow

केशवभन्दा वालेन्द्र ३१ सय मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
keshav-stapit-2079-05-01.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता कायमै राखेका छन् । गत ३० बैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ बैशाखमा शुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् । 

राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । १५ हजार ५५१ मत गणना हुँदा साहले ३१ सय मतले अग्रता लिएका छन् । साहले ६ हजार ४८६ मत ल्याउँदा उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले तीन हजार ४१३ मत ल्याएका छन् । कांग्रेसकी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले ३ हजार ९ मत ल्याएर तेस्रो स्थानमा रहेर पछ्याइरहेकी छन् । 

राप्रपाबाट उम्मेदवार बनेका कलाकार मदनदास श्रेष्ठले ५५३ मत ल्याएका छन् । विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले ७१ मत ल्याएकी छिन् । 

यता, वडातर्फ भने नेकपा एमालेले वडा १, २ र ३२ को वडाध्यक्ष जितेको छ । यसबाट वडामा एमाले रोजाइमा परे पनि मेयरमा भने केशवलाई स्वीकार गरिएको छैन । ती क्षेत्रमा वालेन्द्रलाई नै मत दिइएको छ । 

उपमेयरमा सुनिता डंगोलले निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर बढी मत ल्याएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ