- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युगाण्डाविरुद्धको पहिलो टी–२० अन्तरराष्ट्रिय क्रिकेट जितका लागि नेपालले १०३ रनको चुनौती पछ्याउँदै छ । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्यो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले कसिलो बलिङ गर्यो ।
पहिलो पटक नेपाल भ्रमणमा रहेको युगाण्डाले शुरुआतमा ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०२ रनमात्र बनाउन सक्यो ।
जानेत एम्बाब्जीले सर्वाधिक २९ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा कबिता कुँवरले २ तथा रुबिना क्षेत्री, कबिता जोशी र इन्दू बर्माले १–१ विकेट लिए ।
सन् २००७ बाट अन्तरराष्ट्रिय क्रिकेट मैदानमा उदाएको नेपाली टिमले घरेलु मैदानमा पहिलो श्रृंखला खेलिरहेको हो । नेपाल र युगाण्डाबीच पाँच टी–२० खेल हुनेछ । खेल ७ जेठसम्म टीयू क्रिकेट मैदानमा चल्नेछ ।