arrow

वालेन्द्रले कटाए १५ हजार, स्थापितलाई पछ्याउँदै सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
ktm-canided-mayour.jpg

काठमाडौं । स्वतन्त्र उम्मेदवार इन्जिनियर वालेन्द्र साहले १५ हजार मत कटाएका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार वालेन्द्रले बुधवार बिहानसम्ममा १५ हजार मत कटाएका हुन् । 
 
साह एमालेका उम्मेदवार केशव स्थापितभन्दा करिब दोब्बर मतले अगाडि रहेका छन् । साहा र स्थापितको मतान्तर निकै फराकिलो बनेको छ । वालेन्द्रले १५ हजार ७ सय ७५ मत पाएका छन् ।  

एमालेका उम्मेदवार स्थापितले ८ हजार २५३ सय ५२ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् ।  गठबन्धनबाट उम्मेदवार दिएकी सिंहले ७ हजार ३५८ सय मत पाएकी छिन् । सिंह स्थापितभन्दा ९०५ मतपछि रहेकी छन् ।

राप्रपाका मदनदास श्रेष्ठले ८ सय ९ मत पाएका छन् । 

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल अगाडि रहकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ