arrow

विराटनगरमा नागेश र शिल्पाको अग्रता कायमै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
nagesh-shilpa-biratnagar.jpg

मोरङ । विराटनगर महानगरपालिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्कीको अग्रता कायमै छ । 

कांग्रेसका उम्मेदवार कोइराला एमाले उम्मेदवार सागर थापा भन्दा फराकिलो मतान्तरले अगाडि रहेका छन् । पछिल्लो मत परिणाम अनुसार कोइरालाले ४६ सय २४ मतले अगाडि रहेका छन् । 

कोइरालाले १७ हजार ५९८ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार सागर थापाले १२ हजार ९७४ मत प्राप्त गरेका छन् । 

स्वतन्त्र उम्मेदवार उमेश यादवले ५ हजार ८७९ मत प्राप्त गर्दा राप्रपा उम्मेदवार प्रह्लाद साहले  ३ हजार ४५७ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्की जसपा उम्मेदवार अमरेन्द्र यादव भन्दा ५ हजार ८६३ मतले अगाडि छिन् । उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्कीले १५ हजार ४० मत प्राप्त गरेकी छिन् । 

जसपा उम्मेदवार अमरेन्द्र यादवले ९ हजार १७७ राप्रपा उम्मेदवार विन्दा आचार्यले४हजार २१२ मत प्राप्त गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ