arrow

माटाले पनि छाडे म्यानयु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
juan-mata-manutd.jpg
तस्बिर– फाइल

काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर हुवाँ माटाले पनि म्यानयु छाडेका छन् । क्लबले बिहीबार स्पेनिश मिडफिल्डर माटाले क्लब छाडेको जनाएको छ ।

आठ वर्षदेखि म्यानयुमा रहेका ३४ वर्षीय मिडफिल्डर माटाले क्लब छाडेका हुन् । उनी सन् २०१४ मा चेल्सीबाट म्यानयु गएका थिए । 

माटाले युनाइटेडका लागि २८५ खेल खेल्दा ५१ गोल गरेका छन् । सो क्रममा उनले म्यानयुलाई चार उपाधि जितेका छन् ।

म्यानयु छाड्ने माटा तेस्रो खेलाडी हुन् । यसअघि जेसी लिंगार्ड र पाउल पोग्बाले म्यानयु छाडिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ