arrow

निर्वाचनको मिति तय भएपछि सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँड गर्न कार्यदल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
five-parties-meeting-2079-01-06.jpg

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएसँगै दलहरु निर्वाचनका लागि तात्न थालेका छन् । बिहीबारमात्रै सरकारले निर्वाचनको मिति घोषणा गरेपछि सत्ताधारी गठबन्धन सिट बाँडफाँडका लागि छलफलमा बस्दैछन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे एउटभा निचोड निकाल्ने छ । चुनावी तालमेल र सिट बाँडफाँड गर्न एउटा विशेष कार्यदल गठन गर्ने तयारी भएको बुझिएको छ । 

यही कार्यदलले नै सत्ताधारी गठबन्धनमा कसलाई कति सिट दिने भन्नेबारेमा निचोड निकाल्नेछ । गत स्थानीय तहमा पनि सत्ता गठबन्धनका दलहरुले तालमेल गरेका थिए । 

आगामी निर्वाचनमासमेत तालमेल गरी जानका लागि पारदर्शी ढंगले पार्टीको हैसियतअनुसार सिट बाँडफाँड गरेर जानका लागि कार्यदल बन्ने बुझिएको हो । 

यद्यपि वाम गठबन्धनको चर्चा पनि चलेको छ । यो सम्भव नभए सत्ताधारी दलहरुबीचकै वाम एकता गर्नेबारे पनि दोस्रो तहका नेताहरुले अभ्यास थालेका छन् । आफूहरुबीचको कुनै गठबन्धनले काम नगरेमा अहिलेकै सत्ताधारी गठबन्धन कायम रहेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु लागिपरेका छन् । 

जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर डा. बाबुराम भट्टराईले नयाँ पार्टी खोलेपछि गठबन्धनमा उनको भूमिका र उनको हैसियतबारे पनि विचार विमर्श गर्नैपर्नेछ । 

यसअघि २०७४ सालको निर्वाचनमा भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई हराएका थिए । भट्टराईलाई नेपाली कांग्रेसको समर्थन रहेको थियो । अबको स्टाटस पनि स्पष्ट हुँदै जाने बुझिएको छ । 

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने साना वाम पार्टीहरुसँग चुनावी तालमेल गरेर जाने योजनामा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ