arrow

नबिल बैङ्कद्वारा ललितपुरको खोकनामा डिजिटल बैङ्किङ अभिमुखीकरण कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
nabil-khokana-program.jpg

काठमाडौँ। नबिल बैङ्कले ललितपुर महानगरपालिका वडा न-२१, खोकनामा डिजिटल बैङ्किङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विशेषतः स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैङ्किङ तथा वित्तीय साक्षरता प्रवर्धनमा केन्द्रित रहेको थियो।

बैङ्कले नबिल दिगो बैङ्किङको विभिन्न आयामहरू, डिजिटल बैङ्किङ, क्युआर कोड र अन्य सेवा सुविधाहरूको बारेमा विशेष प्रस्तुति दिएको थियो। ललितपुर महानगरपालिका वडा न-२१ खोकनाका वडा सदस्यहरू, स्थानीय गुठी, आमा समूह र सहकारीका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, किसान तथा उद्यमीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा नबिल बैङ्कको तर्फबाट नबिल बैङ्क बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित केसी, खोकना शाखा प्रबन्धक रोशन न्यौपानेको समेत उपस्थिति थियो।

कार्यक्रममा विशेष वक्ताको रूपमा सम्बोधन गर्दै नबिल बैङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरूको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैङ्क सधैँ तत्पर रहेको बताए।

त्यस्तै ललितपुर महानगरपालिका वडा न-२१, खोकनाका वडा अध्यक्ष रवीन्द्र महर्जनले यस कार्यक्रमको लागि धन्यवाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलता विकास गर्न नबिल बैङ्क सँग हातेमालो गर्ने बताए।

कार्यक्रमको समापन गर्दै नबिल बैङ्क प्रादेशिक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रवर्द्धनमा नबिल बैङ्क स्थानीय निकायसँग सहकार्य गर्न सधैँ तत्पर रहेको बताए।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैङ्कले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैङ्किङको सुरुवात गरेको हो। सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैङ्किङ बैङ्कले हाल १०० शाखामा विस्तार गरेको छ।

दिगो बैङ्किङ अन्तर्गत किसान कर्जा र उद्यमशील कर्जा मार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ। साथै नबिल बैङ्क र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित “ क्युआर-कोडः महिला र युवाका लागि नबिल बैङ्क डिजिटल प्रवर्द्धन परियोजना अन्तर्गत बैङ्कले देशका विभिन्न ठाउँमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ