arrow

विष्णु पौडेललाई चुनाव जित्न सजिलो बनाउँदै गठबन्धनः बालकृष्ण खाँडदेखि राजु गुरुङसम्मको चर्चा

logo
नारायण वली,
प्रकाशित २०७९ भदौ १९ आइतबार
bishnu-poudel-budget-speech-2078-79.jpg
तस्बिर – फाइल ।

रुपन्देही । रुपन्देही क्षेत्र २ नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको चुनावी पकेट क्षेत्र मानिन्छ । सो क्षेत्रबाट पौडेलले ३ पटकसम्म लगातार प्रतिनिधिसभाको चुनाव जित्दै आएका छन् । ०७४ सालको चुनावमा पनि भारी मतान्तरले जितेका पौडेलसंग आगामी चुनावमा भिड्न स्वतन्त्र देखि दलका केही नयाँ नेताहरुले हिम्मत लिएका छन् ।

रुपन्देही क्षेत्र २ मा तत्कालीन समयमा माओवादी केन्द्रका नेता डा बाबुराम भट्टराई र कांग्रेस नेता युवराज गिरीलाई पौडेलले भारी मतान्तरले जितेपछि हरेक चुनावका बेलामा एमालेबाट “हाइप्रोफाइल“ को उम्मेदवार बन्ने गरेका छन् । फलस्वरुपः यसक्षेत्रमा नेकपा एमालेका प्रभावशाली नेता मानिने पौडेलको चुनावी क्षेत्र रुपन्देही–२ मा प्रतिष्पर्धा गर्नका लागि स्वतन्त्रदेखि दलका नेता समेतले आ–आफ्नो उम्मेदवारी दिने इच्छा देखाएको पाइएको छ । नेपाली कांग्रेसले भने केही नेताहरुको नाम सिफारिससमेत गरेको छ । 

लगातार रुपमा ३ पटकसम्म आफ्ना प्रतिष्पर्धीहरुलाई भारी मतान्तरले पराजित गराएर सांसद कोटा सुरक्षित बनाउँदै आएका नेता पौडेललाई आगामी मंसिर ४ गते तोकिएको चुनावमा चुनौती दिन सत्तागठबन्धनले साझा उम्मेदवारको टुंगो अझै लगाउन नसकिरहेको बेला कांग्रेसले आफ्ना ४ जना नेताहरुको नाम सिफारिस गरेको छ भने नेकपा एसले गठबन्धनबाट साझा उम्मेदवारको रुपमा पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङलाई अगाडि बढाउने निर्णय गरेको छ । 

पाँच दलीय गठबन्धनले टुङ्गो लगाउन नसकेका बेला नेपाली कांग्रेसका नेता एवं वर्तमान गृहमन्त्री बालकृष्ण खाँण, युवराज गिरी, चर्चित एवं प्रभावशाली अधिवक्ता कृष्णप्रसाद पोख्रेल, अर्का अधिवक्ता गोकर्ण पौडेल र व्यवसायी चुन्नुप्रसाद पौडेल लगायतलाई सिफारिस गरेको छ । नेता गिरीलाई ०७४ सालको निर्वाचनमा एमालेका नेता पौडेलले २२ हजार भन्दा धेरै मतले हराएका थिए ।

एमाले निकट नेता–कार्यकर्ताहरुले यसपटक पनि नेता पौडेलले जित्ने दाबी गर्दै आएका छन् । तर गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा एमाले उपाध्यक्ष पौडेलको चुनावी पकेट क्षेत्रमा पर्ने स्थानीय तहहरुका वडामा एमालेको भन्दा सत्तागठबन्धनका उम्मेदवारको मत ६ हजार मतान्तर भन्दा धेरैले अगाडि रहेको तथ्यांक निर्वाचन आयोगको कार्यालयमा छ । 

गठबन्धनको मत धेरै रहेकाले यहाँ गठबन्धनका नेताहरुले प्रतिनिधि सभा चुनावमा पनि जित्ने आशंका गरिएको छ । यहाँ गठबन्धन दलका अन्य पार्टीहरुका भन्दा धेरै कार्यकर्ता नेपाली कांंग्रेसका रहेको बताइएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री खाँणको नाम क्षेत्र ३ बाट पनि उम्मेदवारीको लागि सिफारिस गरिएको नेपाली कांंग्रेसका जिल्ला सचिव हरिप्रसाद काफ्लेले जनाएका छन् । 

उक्त क्षेत्रबाट माओवादी केन्द्रका नेता तथा पूर्वसंविधान सभा सदस्य विनोद पहाडीले पनि उम्मेदवारी दिने सोचमा रहेको बुझिएको छ । सोही क्षेत्र न–२ मा स्वतन्त्र उम्मेदवारले पनि पौडेलसँगको प्रतिष्पर्धामा जुध्ने गरी उम्मेदवारी दिने घोषणा गरेको जनाइएको छ । स्वतन्त्र बाट नेता पौडेलको चुनावी मैदानमा डा–निकोलस भुसाल प्रचारमा कसिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ