arrow

गोरखाका दुवै क्षेत्र माओवाद र लालध्वजलाई !  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
baburam-narayankaji-congress-gorkha.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सकेसम्म गोरखा २ नम्बर क्षेत्रै लिने योजनामा छन् । अन्यत्र कतै नारायणकाजी श्रेष्ठलाई निषेध गर्ने औजारको रूपमा डा. भट्टराईलाई संचालन गर्ने गरी षड्यन्त्र चलेको पनि बुझिन्छ । तर माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी गठबन्धन सचिवालयकै दोस्रो वरियतामा छन् र उनी गठबन्धनका हस्ताक्षरकर्ता नै हुन् । 

नारायणकाजी अहिले राष्ट्रिय सभा सदस्य हुन् भने भट्टराई २०७० सालको दोस्रो निर्वाचन जितेर पनि गोरखा क्षेत्र नम्बर १ लाई फर्केर हेरेनन् । यसरी निर्वाचन क्षेत्र नम्बर १ जितेर भाग्नेलाई २०७४ सालमा नेपाली कांग्रेसले आफ्नो दृष्टि नै फुटाएर बाबुरामको कथित ‘एक आँखा’ मा मत हाल्दै गर्दा उनको पार्टीले कांग्रेसमा मत हाल्ने उत्तरदायित्व बोध गरेन । गरोस् पनि कसरी । किनभने ऊ ध्वंसमा मात्र विश्वास गर्छ । 

पछिल्लो समय उनलाई बुढीगण्डकीको भ्रम छर्नु थियो । त्यसभित्र लुकेको कुरा के थियो भने उनी गोरखा क्षेत्र नम्बर १ मा पुनः अवतरित हुन चाहन्थे । उनी कहिले गोरखालाई दुई जिल्ला बनाउनु पर्छ भन्थे । उनी पहिलेदेखि नै खण्डित जिल्ला देख्न चाहने गरेको आरोप गोरखामा लागिरहेको छ । 

बाबुराम भारतको जवारलाल नेहरू विश्वविद्यालय जेएनयूको उत्पादनले हार्वडका कांग्रेसी ख्यातिप्राप्त युवा डा. स्वर्णिम वाग्लेलाई उत्तराधिकारी बनाउने मन थियो भन्ने सम्मको दुश्साहसको स्टाटस लेख्ने कहिल्यै लोकतन्त्रवादी हुनै नसक्ने विश्लेषण पनि गरिन्छ । 

लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । तर विश्लेषकहरु उनलाई छोरीको राजनीतिबाट देखिने बृहत्तर उन्नतिले झस्काइरहेको बताउँछन् । पछिल्लो बुढीगण्डकी परियोजनाको भ्रम गोरखा क्षेत्र नम्बर १ को अवतरणको एक बहाना हो भन्ने आरोप अहिले गोरखाका मतदाताबीच छ । 

अन्यथा बस्ती स्थानान्तरण, एकीकृत बस्ती, राज्यको न्यूनतम राहत (खाद्य, स्वास्थ्य, शिक्षा) को ब्यवस्थाका बारेमा बोल्नु पर्ने बाबुराम किन उत्तरी गोरखा टुक्रयाउने अर्कै जिल्ला बनाउने भन्छन् त ? राजधानीका सडक चौडा गरें भनेर वाहीवाही पाएका बाबुरामका सडक कत्तिको अपाङ्गता मैत्री छन् त ? 

एक विश्लेषक आरोप लगाउँदै भन्छन्, ‘सडक छेउँका ४ आनाका घर भत्काउन सजिलो छ र २ आनामा झार्न सकिन्छ । तर त्यही घरसँगैको दोस्रो कित्ताको घरले सडकको लाभ लिँदै गर्दा सडकले खाएर क्षति भएको २ आना बाँकी सलाईको बट्टा जस्तो घरलाई भित्री कित्तामार्फत ‘रिक्लेम’ गराएर ३ आनाको किन गरिएन ?  भत्काउन सजिलो छ जयजयकार पाइन्छ नेपाल यस्तै छ ।’ यो एक प्रकारले पीडितहरुको आक्रोश पनि हो । 

तर गोरखामा अब बाबुरामलाई बोक्न नसकिने कांग्रेसी नेताहरुको निचोड छ । उनलाई यसअघि कांग्रेसले बोकेको थियो । अनि उनी विजयी भए । तर गोरखाले केही नपाएको गुनासो कांग्रेसीजनको छ । गोरखाका एक कांग्रेसी नेता भन्छन्, ‘गोरखाले सधै  जबरजस्त बुद्धिमान विखण्डनकारी छवि भएका लालध्वजलाई  ब्यहोर्ने गरेको छ। कथित भूमिगत आकाशबाट जमीनमा अवतरण भएजस्तो गरेर गोरखा दरबारको झ्यालबाट आफ्नो मुन्टो देखाउँदै पृथ्वीनारायण शाहको झलक दिने चेष्टासम्म गर्ने बाबुराम भट्टराई उर्फ ‘लालध्वज’ गोरखामा मारिएका तमाम शिक्षक गाउँले जीवनका राजनीतिकर्मी मार्नेलाई गोरखाका कांग्रेसले कसरी मतदान गरिरहन्छन् ?’  

स्थानीय नेताहरुले केन्द्रप्रति आक्रोश व्यक्त गर्न थालिसकेका छन् । केन्द्रले सचेतना पुर्याएन भने गोरखाको दुवै क्षेत्र माओवादी र लालध्वजहरूले खोस्ने छन् । बाबुरामप्रति लोकतन्त्रवादीहरुको आक्रोश बढी नै छ । एक पाका स्थानीय भन्छन्, ‘आफ्नै हाइस्कुल सहपाठी एउटै बेडमा सुत्ने विज्ञानका विषयका शिक्षक कृष्ण पोखरेलका विरूद्ध ‘मकैजुँगे साहु’ को छद्मभेषमा लेख लेख्दै कथित लडाकु पठाएर गोली प्रहार गर्न लगाउने लालध्वजलाई किन कांग्रेसले मत जारी गर्ने ?’

गोरखामा यसपालि न्याय नभए विद्रोह गर्ने मनस्थितिमा कांग्रेसी युवाहरु देखिन्छन् । जसको प्रत्यक्ष फाइदा नेकपा एमालेलाई पुग्ने देखिन्छ । त्यसैले पनि केन्द्रको गठबन्धनले राम्रो न्याय गर्नुपर्नेमा उनीहरुको जोड छ । 

बालुवाटारको ललिता निवास प्रकरणका एक नायकको बाध्यकारी गठबन्धनले सुरक्षाको लाभ आइसकेको भन्दै उनको नाममा अब माननीय शब्द नसुहाउनेसमेत आक्रोश उठेको छ । उनीमाथि भारतको दृष्टिकोण पनि परिवर्तन हुँदैछ । सन् २०१४ पछिको परिवर्तनपछि उनको भूमिका र दैनिकी परिवर्तन भएको दाबी गरिएको छ । 

लैनचौर निकट स्रोतका अनुसार भारतीय जनता पार्टी भाजपा यस्ता प्रवृतिमाथि निगरानी गर्ने क्रममा छ। भट्टराईले हिन्दूहरूले गंगामा चढाउने दूधको अलौकिक परम्परा विरूद्ध लेख्दै गर्दा भाजपा नेता चौथाईवालाको हमलामा परेका थिए । यसैले पनि भारतीयहरू उनको नेपाली संसदको उपस्थितिमाथि निगरानी राख्ने गरेको स्पष्ट हुन्छ । 


 



नयाँ