arrow

सेञ्चुरी बैंकको एक सय ४७ औं शाखा हरिवनको नयाँ रोडमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
century-bank-147th-branch-naya-road-sarlahi.jpg

सर्लाही । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मंगलबारदेखि सर्लाहीको हरिवन नगरपालिका वडा नं १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख सुबास शर्मा, शाखा प्रमुख आशुतोष वैधलगायत बैंकका कर्मचारी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

२०७९ असार मसान्तसम्ममा बैंकले रु. १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन र रु. ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । 

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ  बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ । 

बैंकले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बैंकको कुल शाखा संख्या १४७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ