arrow

नोबेलमा फोहर व्यवस्थापन सम्बन्धी कार्यशाला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
dirt-types-nobel.jpg

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अस्पतालजन्य फोहर व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । नोबेलमा अध्ययनरत बीएनएस चौथो वर्षका विद्यार्थीहरुको आयोजनामा एक दिने कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालामा नर्श, डाक्टर, सरसफाइकर्मी, कर्मचारी लगायत सहभागी थिए । सहभागीहरुलाई नोबेलका नर्सिङ्ग डाइरेक्टर निलम झा, बीएनएस चौथो बर्षका कोअर्डिनेटर सिता चापागाई लगायतले फोहर व्यवस्थापनको राष्ट्रिय अभ्यासका बारेमा जानकारी गराएका थिए । सो अवसरमा अस्पतालजन्य फोहरलाई वर्गीकरण गरेर बेग्ला–बेग्लै डस्टबिनमा राख्ने र व्यवस्थापन गर्ने विधि सिकाइएको छ ।

कुहिने फोहर, नकुहिने फोहर, संक्रमित फोहर, धारिलो फोहर, औषधिजन्य फोहर, प्याथोलोजी फोहर, साइटोटक्सिक फोहर, रेडियोधर्मी फोहर र रसायनिक फोहरको बेग्ला बेग्लै डस्विन प्रयोग गरेर फोहर व्यवस्थापनको अभ्यास पनि गरिएको छ ।

अस्पतालमा फोहरको उचित व्यवस्थापन हुन नसकेमा विरामीहरुमा संक्रमण फैलने, झाडापखला लाग्ने, चोटपटक लाग्न सक्ने, गम्भीर रोग निम्तिने जस्ता खतरा हुने भएकाले फोहर व्यवस्थापनलाई गम्भीरतापूर्वक लिन आवश्यक रहेको नोबेलका नर्सिङ्ग डाइरेक्टर झा बताउँछिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ