arrow

प्रतिनिधि सभा काठमाडौं ३ः एमालेलाई गठबन्धन भारी, कांग्रेसलाई अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
pratinidhi-sabha-ktm-2074-election.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा गत २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट कृष्णबहादुर राई विजयी भएका थिए । नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुँदै आएको यो क्षेत्रमा यसपटक पनि उत्तिकै प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी एकता हुँदा राईले १९ हजार १ सय ६९ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसकी प्रतिद्धन्द्धी अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत प्राप्त गरेकी थिइन् । यस्तै विवेकशील साझाकी सुमित्रा सिंह लामाले २ हजार २ सय ५ मत प्राप्त गरेकी थिइन् ।

एमाले विभाजित हुँदा कांग्रेसलाई फाइदा
काठमाडौं ३ संसदीय क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १, कागेश्वरी–मनोहरा नगरपालिकाको वडा नम्बर २ र ३ एवं काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ पर्छ ।

संसदीय निर्वाचन एमाले (एमाले र माओवादी केन्द्रको चुनावी एकता) ले जितेको भए पनि २०७४ को स्थानीय तह निर्वाचनमा भने यो क्षेत्रमा नेपाली कांग्रेसले धेरै मत प्राप्त गरेको थियो । स्थानीय तह निर्वाचनमा कांग्रेसले १५ हजार १ सय ७ मत प्राप्त गरेको थियो । 

एमालेले १२ हजार ७ सय ७७ मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले ३ हजार ६ सय ३७ र राप्रपाले १ हजार २ सय ३९ मत प्राप्त गरेको थियो ।

यस्तै २०७९ को गत स्थानीय तह निर्वाचनमा पनि क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेस नै अघि देखिएको छ । कांग्रेसले १६ हजार ५ सय ४० मत प्राप्त गरेका छ भने एमालेले १४ हजार ५ सय ६३ मत प्राप्त गरेको छ ।

माओवादी केन्द्रले ७० मत प्राप्त गरेको छ भने राप्रपाले १ हजार ४ सय २७ र एकीकृत समाजवादीले २ हजार ५ सय २० मत प्राप्त गरेको छ ।

पछिल्लो स्थानीय तह निर्वाचनमा एमाले कांग्रेस भन्दा पछि पर्नुको कारण एमाले विभाजित हुनुसमेत देखिएको छ । यसले दलीय रुपमा कांग्रेसलाई फाइदा पुगेको देखिन्छ ।

चुनौती बराबर

स्थानीय तहको मत परिणम हेर्ने हो भने एमाले विभाजित हुँदा काठमाडौं क्षेत्र नम्बर ३ मा अहिले नेपाली कांग्रेस अघि देखिएको छ । यद्यपि यो नै संसदीय निर्वाचनको नतिजा किटान गर्ने मत परिणाम भने हैन तथापि यो पनि हारजित सम्भावनाको महत्वपूर्ण आधार हो ।

काठमाडौं ३ मा जितका लागि एमालेले कस्तो उम्मेदवार बनाउँछ भन्ने विषय पनि उसका लागि महत्वपूर्ण रहनेछ । 

तर एमालेसँग अन्य कुनै दलको साँठगाँठ नहुने हो र सत्ता गठनबन्धनले एकल उम्मेदवार बनाएर भोट क्रस नहुने हो भने गठबन्धनको जित सुनिश्चित छ । 

तर स्थानीय चुनावमा यस पटक एक सय भन्दा कम मत भन्दा कम मत पाएको माओवादी केन्द्रले गठबन्धनलाई फाइदा धेरै भने हुने छैन । स्थानीय तह निर्वाचनमा करिब २ हजार ५ सय २० मत पाएको एकीकृत समाजवादीबाट केही फाइदा हुनसक्ने देखिन्छ । 

ती भोट सबै कांग्रेसलाई नै आउने सम्भावना कम छ । तर यी पूर्व एमालेकै मतदाताहरु भएका कारण संसदीय निर्वाचनमा एमालेको राम्रो उम्मेदवार उठेमा साथ नदेलान् भन्न सकिन्न । 

यसका साथै स्वतन्त्र र अन्य दलहरुको स्थितिसमेत महत्वपूर्ण रहने हुँदा काठमाडौं क्षेत्र नम्बर ३ मा एमाले र नेपाली कांग्रेस या गठबन्धनतर्फको उम्मेदवारलाई लगभग समान चुनौती रहने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ