arrow

समानुपातिकमा उत्साहजनक सहभागीता, यी हुन् संघदेखि प्रदेशमा बन्दसूची पेश गर्ने दलहरु [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
election-commission-hq-building-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगले गत आइतबार र सोमबारका लागि बन्दसूची पेश गर्न समय दिएको थियो । 

जसमा संघीय निर्वाचनका लागि ४८ दलले बन्दसूची दर्ता गराएका हुन् । आयोगले मंगलबार बिहान ९ः४२ बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधि सभा सदस्यतर्फ  ४८ दलहरूले बन्दसूची दर्ता गरेका हुन् ।  

आयोगले बन्दसूची पेश गर्न राजनीतिक दललाई दुई दिनको समय तोकेको थियो । तर पहिलो दिन ४ जम्मा दलले मात्र दर्ता गरेका थिए । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दर्ता भएका ७६ दलमध्ये ४८ दलले समानुपातिकतर्फ भाग लिने गरी बन्दसूची पेश गरेको आयोगले जनाएको छ ।
 
प्रदेशतर्फ पनि दलहरुको विवरण सार्वजनिक भएको छ । जसमा प्रदेश नम्बर १ मा ३६ दलले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् । 

मधेस प्रदेशमा पनि ३६ दलले नै बन्दसूची पेश गरेका हुन् । 

सबैभन्दा बढी बन्दसूची दर्ता बागमती प्रदेशमा भएको छ । बागमतीमा ४० दलले बन्दसूची पेश गरेका छन् । 

गण्डकी प्रदेशमा ३१ दलले बन्द सूची पेश गरेका छन् । 

लुम्बिनी प्रदेशमा ३२ दलले बन्द सूची पेश गरेका छन् । 

कर्णाली प्रदेशमा २८ दलले बन्द सूची पेश गरेका छन् । 

सुदूरपश्चिम प्रदेशमा भने यो संख्या बढेर ३४ पुगेको छ । त्यहाँ ३४ राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका हुन् । 

आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीमाथि आजदेखि छानबिन प्रक्रिया शुरु गरेको जनाएको छ । छानबिन प्रक्रिया असोज ९ गतेसम्म चल्नेछ । 

छानबिनका क्रममा बन्दसूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ। आयोगबाट जानकारी आएपछि १० देखि १६ गतेसम्म बन्दसूची संशोधन गरी बुझाइ सक्नुपर्ने छ ।
 
मिश्रित निर्वाचन प्रणाली अनुसार प्रदेश र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत चयन हुनेछन् ।

प्रतिनिधि सभामा एक सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट आउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ