arrow

गगन थापाले थाले घरदैलो अभियान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
gagan-thapa-ghardailo.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार गगनकुमार थापाले आजदेखि घरदैलो अभियान थालेका छन् । निर्वाचन आयोगले हिजोदेखि उम्मेदवारलाई औपचारिक रुपमा घरदैलो अभियान थाल्न दिएको निर्देशनलाई पालना गर्दै प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा डडेल्धुराको चुनावी क्षेत्रमा लागेसँगै आजबाट महामन्त्री थापाले जिम्मेवारीपूर्वक आफ्नो चुनावी क्षेत्रमा घरदैलो अभियान थालेका हुन् । 

बिहान चाबहिल गणेश मन्दिरको दर्शन गरी उनले टोलबासीको घरदैलोमा पुग्ने अभियानको थालनी गरेका हुन् । थापाले काठमाडौं महानगरपालिकाको वडा नम्बर ७ स्थित मिर्मिरे टोलबाट घरदैलो अभियान शुरु गरेका छन् । 

भावी प्रधानमन्त्रीको रुपमासमेत आफूलाई उभ्याएका थापाको घरदैलो अभियानमा उत्साहजनकरुपमा युवाहरुले सहभागीता जनाएका छन् । त्यस्तै वृद्धहरु पनि उत्साही पाइएका छन् । सयौंको संख्यामा सहभागी भएका युवाहरुलाई टोलबासीले पनि साथ दिएका छन् । 

थापासँगै क्षेत्र नम्बर ४ का प्रदेश सभाका उम्मेदवार श्रीराम लामिछाने पनि घरदैलो अभियानमा लागेका छन् । युवाहरुको नेतृत्व गर्दै समानुपातिक हुँदै संसदमा प्रवेश गरेका गगन थापा यसअघि लगातार दुई पटक सोही क्षेत्रबाट विजय हासिल गर्दै सांसद भइसकेका छन् । 

पूर्व स्वास्थ्यमन्त्रीसमेत भइसकेका थापा तेस्रो पटक सांसद बनेर मुलुक हाँक्ने तहमा पुग्ने विश्वाससहित अगाडि बढिरहेका छन् । उनलाई युवाहरुले दिएको साथले थप उर्जाशील बनाएको छ । टोलीबासीले उनलाई जितको शुभकामना दिएका छन् । 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ