arrow

पुरानै प्रतिबद्धता

विवादित कालीगण्डकी-तिनाउ बहुउद्देश्यीय ड्राइभर्सन, ड्रिम प्रोजेक्ट, न्यून अपेक्षा

logo
नारायण वली,
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
bishnu-poudel-uml.jpg
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल

रुपन्देही । ०६४  सालदेखि निरन्तर तीन वटा प्रतिनिधि सभा निर्वाचनमा "ह्याट्रिक" गरेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आफ्नो चौथो पटकको संसदीय यात्रालाई जोड्न कस्सिएका छन् ।

तोकिएको निर्वाचन मिति आउन अब ११ दिन बाँकी हुँदा पौडेलको निर्वाचन क्षेत्रमा प्रचारप्रसार तीव्ररुपमा अगाडि बढेको छ । रुपदेन्ही क्षेत्र न-२ लाई निर्वाचनको पकेट क्षेत्रको रुपमा लिँदै आएका नेता पौडेलले हार ब्यहोरेका छैनन् । यद्यपि उनले निर्वाचनका क्रममा रुपन्देही क्षेत्र न-२ सुरक्षित रहेको विश्वस्त हुँदै आएका छन् ।

नेकपा एमालेसँग गठबन्धन गरेका राप्रपा र जसपा पार्टीले कार्तिक २१ गते सोमवार रुपन्देही क्षेत्र न-२ को प्रतिबद्धता पत्र सार्वजनिक गरे ।  क्षेत्र न-२ बाट प्रतिनिधि सभा उम्मेदवार एमालेका पौडेलले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफ्नो क्षेत्रसँगै समग्र जिल्लाको भौतिक प्रगतिलाई रोलमोडलका रुपमा विकसित गर्ने योजना ल्याएको तर्क गरे । 

प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र पूर्वाधार विकास गर्दै समुन्नत प्रदेश राजधानीको बदलापमा आर्थिक राजधानीको रुपमा स्थापित गराउने उल्लेख छ ।

विवादित प्रतिबद्धता दोहोरियो 
०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनका बेला नेता पौडेलले कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजनालाई विस्तार गर्ने प्रतिबद्धतापत्रमा जनाएका थिए ।

उनी उक्त निर्वाचनमा विजयी पनि भए । ५ वर्षे कार्यकालमा पौडेल अर्थमन्त्री र गृहमन्त्रीसमेत भए । तर नेता पौडेलले घोषणापत्रमा ल्याएको परियोजना विवादित बन्न पुग्यो । गण्डकी प्रदेश सरकारसँगै लुम्बिनी प्रदेशका गुल्मी र पाल्पाका केही पालिकाले विरोध जनाएपछि सो परियोजना सफल हुन सकेन ।

अहिले पुन: उक्त विवादित बनेको परियोजनालाई नेता पौडेलले नयाँ शब्द (ड्रिम प्रोजेक्टका) रुपमा अघि बढाउने जनाउँदै घोषणापत्रमा उल्लेख गरेका छन् । परियोजना सिँचाई, जलविद्युत्, पर्यटन र खानेपानीका लागि महत्वपुर्ण भएको ब्याख्या गर्दै आयोजनाको विस्तृत परियोजना प्रस्ताव अनुसार निर्माण गतिलाई अघि बढाउने जनाइएको छ।

गण्डकी प्रदेशको बिमति
गण्डकी प्रदेश सरकारले कालीगण्डकी- तिनाउ बहुउद्देश्यीय परियोजना अगाडि बढाउँदा आफ्नो क्षेत्रका धेरै भू-भागमा पानीको मुहान सुक्ने भन्दै परियोजना रोक्नुपर्ने माग उठाएपछि सरकारको अर्थ मन्त्रालय सम्हालेका पौडेलले आफैंले घोषणापत्रमा राखेको योजनालाई सफल गर्न सकेनन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई सुविधा सम्पन्न हवाई यात्रासँगै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नेगरी व्यवस्था मिलाउने, जिल्लाको समग्र छिमेकी जिल्ला पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पत्रमा जनाइएको छ।  

उच्चस्तरीय सडक सञ्जाल, सुविधायुक्त सार्वजनिक यातायात, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलस्थित तिनाउ नदीमा सिग्नेचर पुल निर्माण र बुटवल–नारायणगढ, बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई ६ लेनमा स्तरोन्नति गर्ने खुलाइएको छ। पुरानो बटौली बजारलाई  "प्राचीन" ऐतिहासिक शहरमा रुपान्तरण गर्ने लेखिएको छ।

यता बुटवलको तिनाउ नदी किनारमा बसोबास गर्दै आएका स्थानियहरुमा समेत विवादित बन्न पुगेको परियोजना पुन: दोहोरिँदा जनस्तरमा आक्रोश पैदा भएको छ ।

मंगलबार तिनाउ- दानव करिडोरबाट विस्थापित हुने क्षेत्रका युवाहरुले विरोध जनाउँदै विस्थापित हुने स्थानीयहरुको वैकल्पिक व्यवस्थापन नगर्दासम्म परियोजना निर्माण गर्न नदिने अडान कायमै राख्ने जनाए ।

बुटवलको पुरानो बसपार्कबाट निस्किएको युवाहरुको समूह प्रभावित क्षेत्रमा पुगेर विकासका नाममा वर्षौंदेखि बस्दै आएका नागरिकलाई व्यवस्ता गरेर करिडोर निर्माण गर्न खोज्नु गलत भएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ