arrow

गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न चार दलको आग्रह

logo
नारायण वली,
प्रकाशित २०७९ मंसिर १ बिहिबार
four-parties.jpg
तस्बिर – फाइल ।

दाङ। वाम लोकतान्त्रिक गठबन्धन दाङले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवाहरुलाई मतदान गर्न दाङबासीलाई आग्रह गरेको छ ।

वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका सभापति शंकरप्रसाद डाँगी, नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, नेकपा एकीकृत सामाजवादीका अध्यक्ष शुरामणी बेलबासे र राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले बिहीबार संयुक्त विज्ञप्ति निकालेर संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका हुन् । 

प्रतिनिधि सभा पटक-पटक विघटन पश्चात मुलुक अहिले संविधान र समावेशी लोकतान्त्रिक गणतन्त्रको पक्षधर शक्ति र यसको विरोधी शक्तिका रुपमा विभाजित भएको भन्दै विज्ञप्तिमा संविधान र समावेशी लोकतन्त्रको पक्षधरलाई मतदानगरी विजयी गराउन आग्रह गरिएको छ । 

वाम लोकतान्त्रिक गठबन्धनले प्रतिनिधि सभातर्फ दाङ क्षेत्र न १ का साझा उम्मेदवार मेटमणी चौधरीलाई कलम चिन्हमा, क्षेत्र नम्बर २ का उम्मेदवार रेखा शर्मालाई गोलाकार भित्रको हँसिया हथौडामा, क्षेत्र नम्बर ३ का उम्मेदवार दिपक गिरीलाई रुख चिन्हमा छाप लगाउन आग्रह गरेको छ । 

प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (१)मा इन्द्रजित थारुलाई गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा, १(२) मा अनुराग खड्कालाई रुख चिन्हमा, २(१) मा राजु खनाललाई रुख चिन्हमा, २(२) मा प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) लाई रुख चिन्हमा, ३(१) का डिल्लीबहादुर चौधरीलाई रुख चिन्हमा र ३(२) माधनaहादुर मास्की (राजेश) लाई गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न आग्रह गरिएको छ । 

“गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउनका लागि अहोरात्र खट्न एवं मतदान गर्न गठबन्धका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत दाङबासीलाई विज्ञप्तिमा आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ