arrow

लुम्बिनीमा कसको कति सिट [विवरणसहित]

logo
नारायण वली,
प्रकाशित २०७९ मंसिर ११ आइतबार
election-2079 hamra.jpg

रुपन्देही । मंसिर ४ गते सम्पन्न भएको संघ र प्रदेश तर्फको लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरुको निर्वाचनको नतिजा परिणाम आइसकेको छ । प्रत्यक्षतर्फ तर्फको निर्वाचन तथ्याङ्क अनुसार नेकपा एमाले नेपाली कांग्रेस पार्टीभन्दा एक सिटले ठूलो दल बन्न पुगेको छ । प्रत्यक्ष तर्फका ५२ वटा क्षेत्रहरुमध्ये एमालेले १८, नेपाली कांंग्रेसले १७ स्थान जितेर कांग्रेस दोस्रो दल बनेको तथ्याङ्कले देखाएको छ । नेकपा माओवादी केन्द्रले भने ५ सिट जितेर तेस्रो दलको स्थान सुरक्षित गरेको छ ।

तथ्याङ्क अनुसार नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी पार्टी), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान २–२ वटा सिट जितेका छन् भने माओवादी केन्द्रबाट अलग्गिएर (बागी) स्वतन्त्र उम्मेदवार ३ जनासमेत जितेको उल्लेख छ ।

०७४ सालमा भएको निर्वाचनपछि लुम्बिनी प्रदेशमा ५ वटा दलहरुले मात्रै सहभागिता जनाएका थिए । तर ०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनले थप ३ वटा पार्टी थपिएर अब प्रदेशमा ९ वटा दलहरुको उपस्थिती रहने भएको छ । नयाँ थपिनेहरुमा स्वतन्त्र माओवादीका (बागी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपा हुन् । अघिल्लो निर्वाचनमा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संघतर्फ समान एकएक सिट जितेको भएपनि अहिले उक्त पार्टीहरुले हार ब्यहोरे ।

यसअघिको निर्वाचनमा बाम तालमेल हुँदा प्रत्यक्षतर्फ एमालेले २७, नेकपा माओवादी केन्द्रले १४, नेपाली कांंग्रेसले ७, जनता समाजवादी पार्टीले २, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले १ र हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहले १ सिट जितेका थिए ।

यसपटक भने, ५ दलिय सत्तागठबन्धन र एमालेले गरेको ३ दलिय गठबन्धन विच चुनाव हुँदा पहिलेको चुनावभन्दा प्रत्येक्षतर्फ नेकपा एमालेले अहिले ९ सिट, नेकपा माओवादी केन्द्रले ९ सिट गुमाउन पुगेको छ भने, नेपाली कांँग्रेसले १० सिट थप्न पुगेको छ ।


लुम्बिनी प्रदेशसभा निर्वाचनमा जितेका बिभिन्न दलका सांसदहरुको नामावली 
लिला गिरी रुपन्देही क्षेत्र न–२(१), भोजप्रसाद श्रेष्ठ २(२), तुल्सी प्रसाद चौधरी ३(२), भुमिश्वर ढकाल ५(१), चिन्तामणि पाण्डे गुल्मी क्षेत्र–१(१), डिल्लिराज भुसाल २(१), दिनेश पन्थी २(२), राजुप्रसाद श्रेष्ठ पाल्पा क्षेत्र १(१), खेम बहादुर सारु १(२), चेतनारायण आचार्य अर्घाखाँंची १(२), राजजी प्रसाद घिमिरे १(२), विष्णु पन्थी कपिलवस्तु १(१), मधुशरण प्रसाद चौधरी १(२), नवराज लामिछाने २(१),अर्जुन कुमार केसी ३(१), तुल्सीराम शर्मा प्युठान १(१), दुर्गाप्रसाद चौधरी बाँंके १(२), रत्नबहादुर खत्री ३(१) मा नेकपा एमालेका नेताहरुले जितेका छन् ।

विश्वप्रेम पाठक नवलपरासी १(१), देवकरण प्रसाद कलवार १(२), अब्दुल रज्जाक गद्दी रुपन्देही १(२), वसिउद्दिन खां ४(२), सुधाकर पाण्डे कपिलवस्तु २(२), सरोज थापा (रोज राणा) प्युठान १(२), अनुराग खड्का दाङ १(२), राजु खनाल २(१), प्रचण्ड विक्रम न्यौपाने २ (२),डिल्ली बहादुर चौधरी ३(१), बादशाह कुर्मी बाँंके ३(२), धन बहादुर केसी रुकुमपुर्व १(२), भुवनेश्वर चौधरी बर्दिया १(१), जन्मजय तिमिल्सेना २(१), बीरबहादुर राना पाल्पा २(१), धनेन्द्र कार्की गुल्मी १(२),बैजनाथ कलवार जैसवाल नवलपरासी २(२) नेपाली कांँग्रेसका निर्वाचित प्रदेश सदस्य हुन् । 

जोख बहादुर महरा रोल्पा १(१), इन्द्रजित थारु दाङ १(१), कृष्णा केसी बांँके १(१), तुलाराम घर्ती पाल्पा २(२), धनबहादुर मास्की दाङ ३(२) नेकपा माओवादी केन्द्रका हुन् । जनता समाजवादी पार्टीका भण्डारीलाल यादव बाँके २(१), आदेश कुमार अग्रवाल २(२), लोकतान्त्रिक समाजवादी पार्टी सन्तोष पाण्डे रुपन्देही ३ (१), कन्हैया बनिया ४(१), राष्ट्रिय प्रजातन्त्र पार्टी आशिषकुमार चौधरी रुपन्देही १(१),जानकी प्रसाद यादव कपिलवस्तु ३(२), नागरिक उन्मुक्ति पार्टी राजकुमार चौधरी बर्दिया १(२), धर्म बहादुर चौधरी २(२), जनमत पार्टी चन्द्रकेश गुप्ता रुपन्देही ५(२),स्वतन्त्र (माओवादीका बागी उम्मेदवारहरु) दीपेन्द्र पुन रोल्पा १(२), सरुल पुन रुकुमपुर्व १(१), खड्ग बस्नेत नवलपरासी पश्चिम २(२) रहेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ