arrow

प्रमुख सचेतक र सचेतकहरुलाई नपत्याएको चुनाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
election-2079 hamra.jpg

काठमाडौं । मंसिर ४ को निर्वाचन राजनीतिक चर्चित अनुहारका लागि सुखद रहेन । प्रमुख पार्टीका धेरै नेताहरु चिप्लिएको यो चुनावले प्रमुख सचेतक र सचेतकहरुलाई पनि असफलताकै बाटोमा लग्यो । 

प्रमुख सचेतक र सचेतकहरु लगभग सबै पार्टीबाट गुल्टिए । नेपाली कांग्रेसबाट प्रमुख सचेतक भएका गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण पराजित भए । त्यस्तै सचेतक भएकी निवर्तमान उपसभामुख एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुषाल पराजित भइन् । कांग्रेसका मीनबहादुर विश्वकर्माले टिकट नै पाएनन् । 

नेकपा एसका सचेतक पर्यटन मन्त्री जीवनराम श्रेष्ठ चिप्लिए । माओवादी केन्द्रबाट सचेतक भएका देवप्रसाद गुरुङलाई पनि यो चुनाव फापेन । 

एमालेका प्रमुख सचेतक विशाल भट्टराई चिप्लिए । सचेतक भएकी शान्ता चौधरी पनि पराजित भइन् दाङबाट । जसपाका प्रमुख सचेतक प्रमोद साह र लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया पनि यसपटकको संसदमा देखिने छैनन् । अरगरिया त चुनावका बेलामा एमालेमा प्रवेश गरेका थिए । तर पनि संसदमा देखिने सौभाग्य उनलाई मिलेन । 

सबै सचेतकहरु पराजित हुनुको प्रमुख कारण संसदको गरिमा राख्न सचेतकहरु चुकेको विश्लेषण गरिएको छ । 

एक निवर्तमान कांग्रेस सांसदका अनुसार कांग्रेसले कुनै पनि पारदर्शीता नअपनाएका कारण नै पराजित हुन पुगेका हुन् । गृहमन्त्री भएर पनि खाँण आफूले नै प्रमुख सचेतक ओगटेर बसे । पुष्पा भुषाल सक्रिय रहे पनि उपसभामुख भएसँगै उनी पनि भुङ्ग्रोमा परिन् । 

नेकपा हुँदा प्रमुख सचेतक रहेका देव गुरुङ एमाले र माओवादी टुक्रिएपछि माओवादीको प्रमुख सचेतक बने । तर उनले संसदमा भूमिका खेल्न सकेनन् । 

विशाल भट्टराईले समग्रमा एमालेका सांसदहरुलाई समेट्नुको सट्टा एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीका सहयोगी बनेर मात्र बसे । 

अर्थात् विधि र विधानअनुसार संसदीय दल नचलाएका कारणले नै हुनुपर्छ यिनीहरु पराजित भए । 

पूर्व सचेतकमा रेखा शर्मा विजयी भइन् । माओवादी केन्द्रकी रेखा शर्माले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरिन् । 

२०७४ सालमा माओवादी संसदीय दलकी प्रमुख सचेत बनेकी शर्माको भाग्य यसपालि बलियो भएको हो । 

माओवादीका हेभिवेट हार्नेमा देव गुरुङ बने । उनलाई एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले लमजुङमा पराजित गरेका हुन् । 

त्यतिमात्रै होइन बहालवाला गृहमन्त्री खाँण नै पराजित भए । उनलाई राप्रपाका दीपक बोहोराले पराजित गरे । 

एमालेका पोलिटब्युरो सदस्य तथा एमालेका पूर्व प्रमुख सचेतक विशाल भट्टराईलाई हराउँदै खोटाङबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई विजयी भए । 

अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले निवर्तमान उपसभामुख एवं नेपाली कांग्रेसकी पूर्व सचेतक पुष्पा भुषाललाई पराजित गरे । 

पटकपटक सभामुख र मन्त्री भइसकेका थुप्रै नेताहरुका लागि संसदको यात्रा यसपटक  रोकियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ