arrow

विश्वकप विजेता अर्जेन्टिनालाई दोस्रो वरीयता, नेपाल यथावत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
argentina-finalissima-2022-champion.jpg
तस्बिर – फाइल ।

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५ औं स्थानमा रहेको छ ।

नेपाल गत महिना पनि १७५ औं स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छ । भारत १०६ औं स्थानमा र माल्दिभ्स १५६ औं स्थानमा छ । 

भुटान १८५ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९५ औं र श्रीलंका २०७ औं स्थानमा छ ।

विश्व वरीयतामा ब्रजिल शीर्ष स्थानमा यथावत रहेको छ । कतार विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरिएको भए पनि ब्रजिललाई विश्वकप विजेता अर्जेन्टिनाले भेट्टाउन सकेन । अर्जेन्टिना दोस्रो स्थानमा पुगेको छ । उपाधि जितेपछि अर्जेन्टिना तेस्रोबाट दोस्रो वरीयतामा पुगेको हो । 

ब्रजिलको १८४०.७७ अंक छ भने अर्जेन्टिनाको १८३८.३८ अंक रहेको छ । विश्वकपको उपविजेता फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ । फ्रान्सको १८२३.३९ अंक रहेको छ । 

बेल्जियम चौथो, इङ्गल्याण्ड पाँचौं, नेदरल्यान्ड्स छैटौँ, क्रोएसिया सातौँ, इटाली आठौँ, पोर्चुगल नवौँ तथा स्पेन दशौँ स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ