arrow

एमालेमा गुटको राजनीति: सभामुखमा गुरुङलाई रोक्न पोखरेलले बोके घिमिरे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
kp-oli-shankar-pokhrel.jpg

काठमाडौं। एमालेभित्र सभामुखको सन्दर्भलाई लिएर गुटको राजनीति स्पष्ट देखिएको छ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई रोक्न महासचिव शंकर पोखरेलले झापाका पुराना नेता देवराज घिमिरेलाई जसरी पनि सभामुख बनाई छाड्ने अडानले गुटको राजनीति देखिएको हो । 

एमाले र माओवादीको गठबन्धन बन्नु हुँदैन भन्ने लाइनका पोखरेलले उपमहासचिव गुरुङलाई रोक्न घिमिरेलाई अघि सारेपछि पार्टी अध्यक्ष ओलीले नाइँ भन्ने अवस्था आएन । अन्ततः उनै घिमिरेलाई एमालेले अघि सार्ने भएको छ । एमाले माओवादी गठबन्धनका मुख्य पात्र रहेका गुरुङलाई नै सभामुख बनाउने तयारीमा रहेका ओली महासचिवको  प्रस्तावलाई अस्वीकार गर्न सकेनन् । 

केही दिन ओलीले सभामुखमा छविलाल विश्वकर्मालाई बनाउने बताएपछि महासचिव पोखरेलले पुन घिमिरेलाई बोकेर ओली निवास आफै जान थाले । घिमिरेका अगाडी ओलीले अस्वीकार गर्ने अवस्था पनि थिएन किनकि ओली एक्लो हुँदाको बखत उनै घिमिरेले साथ दिएका थिए । 

अन्ततः ओलीले आफ्ना पुराना विश्वासपात्र र सहयोगी घिमिरेलाई प्रतिनिधि सभाको सभामुखमा बनाउने भएका छन् । यसका लागि ओलीले पार्टीका पदाधिकारीहरूको छलफलसमेत गरेका थिए । पाँचौ महाधिवेशनमै केन्द्रीय सदस्य भएका घिमिरे एक पटक राष्ट्रिय सभाको सांसद समेत भएका थिए  । 

त्यसयता पार्टी काममै सक्रिय रहेका घिमिरेले लाभको पद लिएनन् । उनी चुनाव लड्न क्षेत्रमा विगतमा माधव नेपाल समूहकी पवित्रा खरेलले टिकट पाएकी थिइन । उनी सांसद पनि भइन । त्यसअघि नरेश खरेल पनि सोही क्षेत्रका भएकाले उनी ओझेलमा पर्दै गएपनि ओलीको साथ भने छाडेका थिएनन् । 

अहिले भने महासचिव पोखरेलकै जोडबलका ओलीले पुराना सहयोगीलाई सभामुखको पुरस्कार दिने भएका हुन् ।  हाल उनी पार्टीको स्थायी कमिटी सदस्य रहेका छन् । साथै प्रदेश १को  इन्चार्ज रहेका छन् । झापा २ बाट निर्वाचित एमाले स्थायी कमिटी सदस्य घिमिरे संसद्मा पहिलो उपस्थिति हो । स्थायी कमिटी सदस्य घिमिरे पार्टी अध्यक्ष ओलीको सहयोगी मात्र होइन, महासचिव पोखरेलका राजनीतिक गुरु समेत रहेका छन् । अहिले प्रदेश १ का धेरै जसो नेताहरु महासचिव पोखरेलको लाइनसँग नजिक रहेका छन् । त्यही भएर पनि उनले गुरुङलाई पाखा लगाउन घिमिरेलाई अघि सारेको एमालेभित्र चर्चा चलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ