काठमाडौं । चन्द्रमामा पहिलो पटक मानव जाती पुग्ने मिसनमा रहेका एवं चन्द्रमामा पाइला टेक्ने दोस्रो मानव एडविन 'बज' एल्ड्रिनले ९३ वर्षको उमेरमा चौंथो बिहे गरेका छन्।
सन् १९६९ मा अपोलो ११ मिसनमा नील आर्मस्ट्रङपछि चन्द्रमामा पाइला टेक्ने दोस्रो व्याक्ति रहेका बज एल्ड्रिनले लामोसमयसम्मकी करिब ६४ वर्षीय प्रेमिकासँग विवाह गरेको ट्विटरमार्फत जानकारी दिएका हुन्।
'मेरो ९३ औं जन्मदिनमा र मलाई लिभिङ लेजेन्ड्स अफ एभिएसनद्वारा सम्मानित हुने दिनमा म यो घोषणा गर्न पाउँदा खुसी छु कि मेरो लामो समयदेखिको प्रेमीका डा. आन्का फौर र म विवाह बन्धनमा बाँधिएका छौं,' एल्ड्रिनले लेखेका छन्।
On my 93rd birthday & the day I will also be honored by Living Legends of Aviation I am pleased to announce that my longtime love Dr. Anca Faur & I have tied the knot.We were joined in holy matrimony in a small private ceremony in Los Angeles & are as excited as eloping teenagers pic.twitter.com/VwMP4W30Tn
१९६९ को जुलाईमा मिसन कमाण्डर आर्मस्ट्रङ, चन्द्र मोड्युल पाइलट बज एल्ड्रिन, र कमाण्ड मोड्युल पाइलट माइकल कोलिन्स चार दिनको यात्रापछि ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा रहेको चन्द्रमामा पुगेर मानव इतिहासमै इतिहास रचेका थिए।