- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बैंकिङ सेवाको बारेमा जानकारी गराउने उद्देश्यले सम्भवतः नेपालको पहिलो बैंकिङ अभ्यासका रूपमा जनचेतनामूलक सन्देश सहितको वेब सिरिजको निर्माण गरी बैंकिङ सचेतना अभियानको शुरुआत गरेको माछापुच्छ्रे बैंक देशको बैंकिङ क्षेत्रमा नवीनतम प्रविधि भित्र्याउने अग्रगामी बैंकको रूपमा स्थापित हुँदै आएको छ ।
नेपालमा पहिलो पटक स्वीट्जरल्याण्डको ग्लोबल बैंकिङ प्रणाली टेमेनोस एन भी अर्थात् केन्द्रीकृत बैंकिङ सफ्टवेयरमार्फत आफ्नो सम्पूर्ण बैंकिङ प्रणाली सञ्चालन गर्दै आएको माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ क्षेत्रमा अत्याधुनिक प्रविधिमार्फत आफ्ना ग्राहकहरूलाई स्मार्ट तथा नवीनतम सुविधा दिने आयाम बसालेको देख्न सकिन्छ । सञ्चालक समितिका अध्यक्ष डा. उपेन्द्र महतो आफ्ना लगानीकर्ताको लगानी तथा प्रतिफल र ग्राहकको बचतको उच्चतम सुरक्षा हेतु बैंक सञ्चालक समिति तथा बैंक व्यवस्थापन समिति सदैव सजग रहेको बताउँछन् ।
गत पुस २९ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा भएको बैंकको २४ औं वार्षिक साधारण सभामा बोल्दै उनले भने, ‘सञ्चालक समितिको अर्जुन दृष्टिमार्फत बैंकलाई व्यवसायिक रूपमा दिगो बनाइ व्यापार व्यवसाय वृद्धि गर्दै उत्कृष्ट लयमा दिगो र प्राकृतिक विकासका लागि समयोचित रणनीति निर्माण, प्रतिस्पर्धात्मक बजारको पूर्व आँकलन र नाफा वृद्धि प्राथमिकताका विषय रहेको माछापुच्छ्रे बैंकको सञ्चालक समितिको ध्यान सदैव विद्यमान वित्तीय बजारमा अकस्मात देखा पर्ने विभिन्न चुनौतीलाई कसरी सामना गर्ने तथा लक्ष्य प्राप्तितिर उन्मुख रहेको छ ।’
बैंकले आफ्नो दीर्घकालीन र दिगो व्यवसाय विस्तार तथा मुनाफाको वृद्धिका विभिन्न योजना तर्जुमा गरी सोही बमोजिम आफ्नो काम कारबाहीहरू अघि बढाउँदै आएको तथा ग्राहक केन्द्रित सेवा सञ्चालनका साथ उद्यमी, उत्पादकत्व तथा उद्यमशीलता विकासउन्मुख कार्यमा तत्परता देखाउँदै समग्र देशको आर्थिक स्थितिलाई मजबुत बनाउन र योगदान पुर्याउन निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्न कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।
बैंकले मुनाफामा मात्र केन्द्रित नभई समाजप्रतिको उत्तरदायित्वलाईसमेत ध्यानमा राखी विभिन्न सामाजिक क्रियाकलापहरूमा सहभागी हुँदै आएको छ । आफ्नो मुनाफाको केही अंश बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण क्षेत्रहरूलगायत प्राकृतिक प्रकोप पीडितहरूलाई सहयोग गर्दै आएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला भन्छन्, ‘लगानीकर्ताको लगानी र सर्वसाधारण जनताको बचतलाई उच्च सुरक्षा प्रदान गर्ने कर्तव्यबोध गरी बैंकलाई निरन्तर सबल बनाउँदै लैजाने सर्वोपरि उद्देश्यलाई पूरा गर्न हामीले सुशासनमा कुनै सम्झौता नगर्ने नीति लिएका छौँ ।’
उनी अझ थप स्पष्ट पार्दै भन्छन्, ‘प्रचलित कानून, नियामक निकायबाट जारी भएका तथा बैंकका आन्तरिक नीति, नियम र निर्देशनहरूको पूर्ण पालना गर्ने र विशेष गरी जोखिम व्यवस्थापनमा विशेष ध्यान दिने अठोट हामीले लिएका छौँ ।’
उनी ब्यापारीहरुले बैंक ब्याजदर निर्धारणमा देखाएको असन्तुष्टिबारे स्पष्ट पार्दै यो कुनै एउटा बैंक विशेषले गर्ने नभइ सरकारी निकायबाटै निर्धारण गरिने स्पष्ट पार्छन् ।
बैंक ब्याजदर बढ्नु नेपालको मात्र समस्या नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘रुस–युक्रेन युद्ध र कोरोनाका कारणले विश्वका अधिकांश देशहरुमा बैंक ब्याजदर बढ्दो क्रममा रहेको छ । तसर्थ हाम्रो कारणले मात्र बढेको हैन । त्यसैगरी फिक्स्ड डिपोजिट धेरै प्रतिशत दिइएकाले निक्षेपकर्ता पनि बढे । स्प्रेड दर पनि चार प्रतिशतमा खेल्नुपर्ने हो । त्यसैले ब्याजदर तुरुन्तै घट्ने सम्भावना छैन । केही घट्न सक्छ । परिवर्तन ल्याउनका लागि लामो समय लाग्न सक्छ ।’
उनले बैंकको सुरक्षाबारे ढुक्क रहन आग्रह गर्दै भन्छन्, ‘हाम्रो बैंकको सुरक्षा फिनाकल सफ्टवेयर हो । यो विश्वव्यापी सेक्युरिटी सफ्टवेयर हो । सुरक्षित छ । ढुक्क होऔं ।’
माछापुच्छ्रे बैंकको सबल पक्ष–
संस्थागत सुशासन माछापुच्छ्रे बैंकको सबैभन्दा सबल पक्ष हो । संस्थागत सुशासनमा कुनै पनि सम्झौता नगर्ने माछापुच्छ्रे बैंक अर्को सबल पक्ष हो कर्मचारी व्यवस्थापन ।
सबै तहका कर्मचारीको वृत्ति विकासलाई मध्यनजर गर्दै बैंकमा समीक्षा अवधिमा बैंकले कर्मचारीहरूको लागि आन्तरिक, बाह्य तथा अन्तर्राष्ट्रिय तालिम तथा वृत्ति विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बैंकले संस्थाको उत्पादकत्वमा वृद्धि ल्याउन, कर्मचारीलाई आफ्नो काम कर्तव्यमा पोख्त बनाउन समीक्षा वर्षमा तालिम तथा वृत्ति विकासतर्फ रु १.६७ करोड लगानी गरेको छ ।
बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिएको छ भन्दै सीईओ कोइरालाले भने ‘हामी बैंकलाई थप सबल र उत्कृष्ट बैंक बनाउने अभियानमा छौँ, यसका लागि देशैभर छरिएर रहेका १६५ शाखाहरूमार्फत १,६०० भन्दा बढी कर्मचारीहरू कटिबद्ध छन् । ग्राहकको विश्वास नै हो जसले हामीलाई आज यो स्थानसम्म ल्याएको छ । त्यसैले ग्राहकको सन्तुष्टिको लागि हामी काम गर्दछौँ ।’
बैंकले जनाएअनुसार बैंकले गर्दै आएका प्रमुख कार्यहरु–
मोबाइल र ई–बैंकिङ
माछापुच्छ्रे बैंकले नवीन ग्राहक केन्द्रित एम–स्मार्ट बचत खाता सञ्चालनमा ल्याएर ग्राहकलाई बैंकसम्म पुग्नुपर्ने झन्झटबाट मुक्ति दिने अभियानले उदाहरणीय संस्कृतिको शुरुआत गरेको थियो । बैंकको मोबाइल बैंकिङ एपमार्फत पासवर्ड रिसेट गर्न मिल्ने सुविधा, नयाँ ग्राहकहरूले सेल्फ रजिस्ट्रेसनु गर्न सकिने सुविधा, मोबाइल फोनबाटै खाता खोल्न सकिने सुविधा, मोबाइल फोनबाट नै कर्जा लिन सकिने सुविधा, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने सुविधा, नेपाल क्युआर स्क्यान गरी क्युआर भुक्तानी गर्न मिल्ने सुविधा तथा विभिन्न मोबाइल वालेटहरूमा खाता लिङ्क गर्न सकिने, बत्ती पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरू दिँदै आएको यस बैंकले आफूले दिने सेवा चुस्त–दुरुस्त बनाउन खोजेको देखिन्छ ।
घरमै बसेर मोबाइल बैंकिङ एप्लिकेशन एम स्मार्टबाट खाता खोल्न सकिने, बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रूपान्तरण गर्न सकिने तथा सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन अगेन्स्ट एफडी सहज र सरल तरिकाबाट आफूले चाहेको समयमा लिन सकिने जस्ता प्रविधिमूलक सुविधाहरूद्वारा विज्ञान, प्रविधि र सेवामुखी भावको साथ ग्राहकलाई प्रदान गर्दै आएको माछापुच्छ्रे बैंक आफ्नो ग्राहक तथा गरिने सेवाप्रति प्रति कटिबद्ध रहेको महसुस गराउँछ ।
गुणस्तरीय बैंकिङ
वाणिज्य बैंकिङ गतिविधिहरूको प्रावधान परिभाषित गरिएर बैंकिङ गतिविधिहरूको दायरा समेट्ने यस अन्तरष्ट्रिय प्रमाणीकरण, युनाइटेड रजिस्ट्रार अफ सिस्टमले माछापुच्छ्रे बैंकलाई २०१८ मा प्रदान गरेको थियो ।
गुणस्तर व्यवस्थापन प्रणाली पालना गर्ने संस्थालाई मान्यता स्वरुप प्रदान गरिने आईएसओ ९००१–२०१५ प्रमाणित माछापुच्छ्रे बैंक नेपालमा सञ्चालनमा रहेका पूर्ण विकसित राष्ट्रिय स्तरका वाणिज्य बैंक हुन सफल रहेको छ ।
कृषि कर्जा सुरक्षण
ग्राहक केन्द्रित सेवा सञ्चालनमा ल्याउनेमात्र नभएर उद्यमी, उत्पादकत्व विकास र उद्यमशीलताको बाटोमा देखिने र हुने जोखिम न्यूनीकरण गर्न अग्रसर भएको देख्दा माछापुच्छ्रे बैंकको दूरगामी सोच लिएर अघि बढेको देखिन्छ ।
यसले निक्षेप तथा कर्जा सुरक्षण कोषबीच हस्ताक्षर गरिएको कृषि कर्जा सुरक्षण सम्झौता पत्र उदाहरण योग्य देखिन्छ । कृषि व्यवसायको लागि गरेको तीन करोड रुपैयाँसम्मको कर्जा प्रवाह कोषले सुरक्षण गर्ने, कर्जाको सुरक्षण शुल्क ०.६ प्रतिशतमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदानमार्फत बेहोर्ने र बाँकी ५० प्रतिशत मात्र दुई किस्तामा बैंकले कोषमा बुझाउने तथा कोषमा सुरक्षित कृषि कर्जा ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ८० प्रतिशतसम्म भुक्तानी गर्ने जस्ता कदमले कृषि क्षेत्रमा टेवा पुर्याउँदै कृषकको मनोबल उच्च बनाउन तथा कृषि क्षेत्रमा गरिने जोखिमयुक्त लगानीको पनि जोखिम भार न्यूनीकरण गर्ने सोच तथा कुशल वित्तीय व्यवस्थापनको उदाहरण प्रस्तुत गरेको छ ।
स्वास्थ्य र समाज सेवा
माछापुच्छ्रे बैंक स्वास्थ्यको क्षेत्रमा पनि काम गर्दै आफ्ना ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालमा स्वास्थ्य सेवा लिँदा ७ प्रतिशत छुट दिने सम्झौता गरेको छ भने अन्य सरोकारवालाहरूलाई लक्षित गर्दै गङ्गालाल अस्पतालमा २४ शैयाको सीसीयु कक्ष निर्माण गर्दै आफ्ना ग्राहक मात्र नभई समस्त नेपालीको हित हुने सामाजिक कार्यतर्फ अग्रसर भएको देखिन्छ ।
टिच फर नेपाललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण, अछाममा सामुदायिक स्वास्थ्य कार्यक्रम चलाउँदै आएको न्याय स्वास्थ्य नेपाललाई ११ लाखको आर्थिक सहयोग, हिले शाखा तथा नेपाल रेडक्रस सोसाइटी धनकुटाको सहकार्यमा रक्तदान कार्यक्रम, शारदा नगरपालिका १५, मलनेटा, सल्यानमा बृहत स्वास्थ्य शिविर आयोजना, भोजपुर कोट सेवा समाज र कोटका स्थानीयका लागि एम्बुलेन्स, नगढी उपमहानगरपालिका विपद् व्यवस्थापन कोषमा हावाहुरी प्रभावित क्षेत्रको राहत, उद्धार र पुनर्निर्माण कार्यमा एक लाख ५१ हजार १११ रुपैयाँ आर्थिक सहयोग, नेपाल प्रहरीलाई ५५ लाख रुपैयाँ बराबरको विपद् व्यवस्थापन उपकरण, गोंगबु शाखाले मातृभूमि बालगृहको अभिभावक संस्था मातृभूमि महिला समाजलाई १ लाख ५० हजार रुपैयाँको चेक, कञ्चनपुर शाखाले महिला तथा वृद्ध सेवा केन्द्रमा ६ महिनादेखि संरक्षणमा रहेका ६३ जना महिला तथा वृद्धलाई खाद्य सामग्री हस्तान्तरण, अछाम जिल्लाको पञ्च देवल विनायक नगरपालिका ८ बरालामा रहेको श्री सरस्वती आधारभूत विद्यालयलाई ६ लाख रुपैयाँ आर्थिक सहयोग, धनगढी शाखाले निगलसैनी गुरुकुल विद्यापीठ, धनगढी–१३, कैलालीका २७ विद्यार्थीलाई लत्ताकपडा तथा खाद्य सामाग्री ९कुर्ता, धोती, टी–सर्ट, कपी, सिटिङ म्याट, चामल, तेल, चिनी र फलफूल वितरण तथा बिर्तामोड शाखाले विद्यालयका विद्यार्थीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन श्री पञ्चरत्न मावि, बिर्तामोड नगरपालिका २, चैतुबारी, झापामा खानेपानी प्रणाली (पानी ट्याङ्की र धारासहित) निर्माण गरी हस्तान्तरण गरेसँगै यो आफ्नो सामाजिक उत्तरदायित्वप्रति कटिबद्ध रहेको उदाहरण मान्न सकिन्छ ।
वातावरणः वातावरणप्रति सजग रहेको माछापुच्छ्रेले वातावरण प्रतिको उत्तरदायित्व काठमाडौंमा सपनचौर टोखा, बालुवाटार, नारायण चौर नक्साल हुँदै चक्रपथदेखि कोटेश्वरसम्म गरेको वृक्षारोपणमार्फत प्रस्तुत गरेको थियो ।
पशुपतिमा सेवाः पशुपतिनाथ मन्दिरमा दर्शनार्र्थीहरूको सहजताका लागि जुत्ता लक्कर हाउस र खानेपानीको धारा निर्माण, आगन्तुकको व्यक्तिगत सरसामान राख्नको लागि ५१० वटा लकरसहितको लकर हाउस तथा मन्दिर परिसरमा दर्शनार्र्थीहरुको सहजताका लागि बेन्च निर्माण गरेर पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको थियो ।
आकाशमुनि आफ्नो जीवन व्यथित गरिरहेका विभिन्न उमेर समूहका वृद्धदेखि बालबालिका, शारीरिक रूपमा अशक्त तथा बेवारिसे व्यक्तिहरूलाई उद्धार संरक्षण गर्दै आएको मानव कल्याण समाजलाई २० थान बेड सिट लगायतका सामान हस्तान्तरण गर्दै माछापुच्छ्रे बैंकले शिक्षा, वातावरण, स्वास्थ्य तथा अन्य क्षेत्रको सुधारका निमित्त विभिन्न सामाजिक कार्यमा टेवा र्पुयाउँदै आएको छ ।
ग्राहक, कर्मचारी, नियामक सरोकारवाला तथा अन्य विभिन्न सरोकारवालाहरूसँग पूर्ण इमानदारीका साथ उच्चतम स्तरको सेवा प्रदान गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेड पोखराबाट सन् २००० मा सञ्चालनमा आएको यस बैंकले लक्ष्य धारण गरेको पाँच आधारभूत मूल्य मान्यताहरू निष्ठा, पहुँच, मूल्य निर्माण, गुणस्तरीय सेवा तथा संशाधनको भण्डारण नियम र व्यवहारमा उतारेको जस्तो देखिन्छ ।
यसका देशैभर फैलिएको १६५ शाखा कार्यालय, १५६ शाखारहित बैंकिङ एकाइ, १० एक्सटेन्सन काउन्टर र २०६ एटीएमद्वारा विभिन्न ग्राहक केन्द्रित सेवाहरू दिँदै आएको छ ।
अझ ‘सबल, उत्कृष्ट अनि विस्तारित सेवा सबैका लागि’ भन्ने मूल मन्त्र बोकेको यस बैंकको हालको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको छ । माछापुच्छ्रे बैंकले २३ औँ वार्षिक साधारण सभामा आफ्ना शेयरधनीहरूको लागि चुक्ता पुँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।