arrow

देउवाको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
Sher bahadur deuba.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्कामा हुने यु-१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाइ दिएका छन् ।

सभापति देउवालेले बिहीबार सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।

उनले भनेका छन्, “श्रीलङ्कामा हुने यु-१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई तथा शुभकामना ।”

दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलङ्कामा हुने यु-१९ विश्वकपका लागि छनोट भएको हो । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ