- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। यही फाल्गुन महिनाको २६ देखि २८ गतेसम्म नेपालभरि रहेका सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरूमा "इलेक्ट्रीफाङ्ग एक्सचेन्ज" नामको विशेष एक्सचेन्ज क्याम्प चलिरहेको छ।
ग्राहकहरूका सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल-डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी सँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ।
चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्याङ्कन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइने कम्पनीले जनाएको छ।
अहिलेको अति चर्चित र सबैले रुचाएका टाटा मोटर्स नेक्सन ईभी र टिगोर ईभिको माग एकदम बढ्दो क्रममा छन्। र यही मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीहरू सँग टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक ईभि सँग साट्न सकिने छ, र त्यसका साथै विभिन्न अफरहरू पनि प्राप्त गर्न सकिने छ।
यो सुविधा सीमित अवधिका लागि फाल्गुन २८ गते सम्म टाटा मोटर्सका शोरुमहरूमा मात्र लागु गरिएको छ।