arrow

पासवर्ड र ट्रान्जेक्सन पिन शेयर गर्नु भनेको पैसाको थैली चौराहामा छोडेर हिँड्नु जस्तै – मनोज ज्ञवाली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
manoj-gyawali-dceo-nabil-bank.jpg

काठमाडौं । नबिल बैंकका उपमहाप्रबन्धक मनोज ज्ञवालीले मोबाइल र इन्टरनेट बैंकिङको पासवर्ड र ट्रान्जेक्सन पिन शेयर गर्नु भनेको पैसाको थैली चौराहामा छोडेर हिँड्नु जस्तै भएको बताएका छन् । 

सर्वसाधारणको वित्तीय साक्षरताका लागि सामाजिक सञ्जालमा सन्देश लेख्दै उपमहाप्रबन्धक ज्ञवालीले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङले बैंकिङलाई ग्राहकलाई जतिबेला पनि प्रयोग गर्न सम्भव बनाएको भए पनि यसले चुनौती पनि उत्तिकै थपेको बताएका छन् । 

यस्तो छ उनको सन्देश–
‘मोवाईल बैकिङ र   इन्टरनेट बैकिङ ले बैकिङ लाई २४ घण्टा ग्राहकको हात मै बैकिङ सेवा दिन सम्भव बनाएको छ तर केही समय यता मोबाइल बैकिङ वा इन्टरनेट बैकिङ मार्फत ठगी–चोरीका घटना बढेका छन। कुनै अपरिचित नम्बर बाट फोन आउछ र फोन गर्ने ब्याक्तिले म बैकको कर्मचारी (नाम सहित) भनेर परिचय दिन्छ र बिस्तारै ग्राहकको खाता सम्बन्धित विवरण माग्न थाल्दछ। ग्राहकले पनि बैंकबाट आएको फोन भनेर बिस्तारै आफ्नो खाता तथा अन्य विवरण फोन गर्ने मान्छेलाई भन्दै जान्छ । ट्रान्जेक्सन पासवर्ड–ओटीपीसमेत बैंकले तपाईको खाता वा अरु कुरामा अपरेटिङ गर्दैछ भनेर शेयर गर्न लगाउँछ । तत्काल खाताबाट पैसा डेबिट हुन्छ अनी आत्तिएर बैंकमा खबर गर्नु पहिले नै ठगले पैसा अन्यत्र खाताहरू तथा मोबाइल वालेटमा पठाइसकेको हुन्छ भने कतिपय अवस्थामा तत्काल नगद रकम निकालिसक्दछ ।
यो क्रम दिनहुँ बढ्दै गइरहेको छ । यसर्थ बैकिङ्ग कारोबार गर्ने ग्राहकहरुले निम्न कुरा बुझ्न जरुरी छ–

१. बैकको कर्मचारीले यहाँहरुको खाता सम्बन्धित र अन्य विवरण फोन गरेर कहिल्यै माग्दैनन् । यहांको बिबरण बैंक मै हुन्छ। 

२. कुनै पनि मान्छेलाई ( आफन्त समेत लाई) आफ्नो मोवाइल बैकिङ वा इन्टरनेट बैकिङको पासवर्ड–पिन कहिल्यै शेयर नगर्नुस् । कुनै कारणबस गरिहाल्नु परेमा तत्काल परिवर्तन गर्नुहोस् । 

३. शेयरिङ बेसिसमा ल्यापटप वा डेक्सटप चलाउनुहुन्छ र सोही डिभाइसबाट इन्टरनेट बैकिङ वा आईपीएस कनेक्ट चलाइराख्नुहुन्छ भने युजर नेम र पासवर्ड कहिल्यै डिभाइसमा सेभ नगर्नुस् । 

४. कुनै ब्याक्तिले यसरी तपाइको खाता सम्बन्धित विवरणहरू शङ्कास्पद हिसाबले मागेका होसियार हुन्छ र कुनै विवरण शेयर नगर्नुस।  उक्त फोन नं र अन्य विवरण सम्बन्धित बैक मा जानकारी गराउनुहोस् ।

५. तपाईलाई लोटरी वा चिट्ठा पर्यो हामी पैसा पठाइदिन्छौँ तपाईको खाताको विवरण चाहियो भनेर आउने म्यासेज र ईमेललाई लोभमा परेर जवाफ नदिनुस् । तपाई कहिल्यै खरिद नगरेको लोटरी कसरी तपाईलाई पर्दछ ?

६.बैंकको कर्मचारीले ग्राहकको खाता संचालन गरी रकमान्तर हुन सक्ने प्रकारका कुनै विवरण माग गर्न मिल्दैन र माग्दैनन् । यसर्थ फोनको भरमा कुनै जानकारी शेयर नगर्नुस् । 

७. आफूले कुनै भुक्तानी नगरेको अवस्थामा खाताको रकम डेबिट भएको जानकारी एसएमएसमार्फत प्राप्त हुँदा साथ तत्काल बैंकमा सम्पर्क गर्नुहोस् ।

खाता सम्बन्धित विवरण, पासवर्ड र ट्रान्सेक्सन पिन शेयर गर्नु भनेको पैसा राखेको मनि ब्याग (पैसाको थैली) लाई  मेला लागेको चौराहामा छोडेर हिँड्नु जस्तै हो । चोरी हुन्छ । यसर्थ थैलीलाई कसेर दराजमा राखौँ र लक गरौँ । चोरी र ठगीबाट बचौँ !!
सर्वसाधारण को वित्तीय साक्षरता का लागि !!
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ