शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दा १६ पक्राउ [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
1.5k
Shares
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरुलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
संसद भवन नयाँ बानेश्वरको ३ नम्बर गेट पानी ट्याङ्की अगाडि समाजले प्रदर्शन गरेको हो ।
दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन शुरु हुनासाथ प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा डा. केदारनरसिह केसी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, सचिव चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, दिवाकर पुडासैनी, गिता तिमल्सिना, भगवान पुडासैनी, उमा गौतम, रुपा गिरी, विकास थापा, तुलसीराम भण्डारी, दुर्गाप्रसाद सापकोटा, ईश्वरी नेपाल, उपेन्द्र कुइकेलसहित १६ अधिकारकर्मीलाई गिरफ्तार गरेको हो ।
गिरफ्तार अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लव भृकुटीमण्डपमा राखिएको छ ।